Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोविड 19 बारे राज्यपाल र मुख्यमन्त्रीको उपस्थितिमा उच्चस्तरीय पुनर्वलोकन बैठक सम्पन्न


गान्तोक । भारतको हिमाली राज्य सिक्किमले कोविड 19 को विषयमा राज्यपाल गंगा प्रसाद र मुख्यमन्त्री प्रेमसिह तामाङको उपस्थितिमा राजभवनमा दोस्रो उच्च स्तरीय पुनर्वलोकन बैठक सम्पन्न भयो। राज्यको स्वास्थ्य मन्त्री एमके शर्मा, मुख्य सचिव एससी गुप्ता, पुलिस महा निर्देशक एस शंकर राव, अतिरिक्त मुख्य सचिव राज्यपाल, स्वास्थ्य विभाग, श्रम विभागका सचिवगण तथा अन्य अधिकारीहरूको उपस्थिति रहेको बैठकमा 14 अप्रेलपछि लकडाउनको मियाद बढाएको खण्डमा राज्यको तर्फ बाट गरिने पहलहरूबारे विशेष चर्चा गरियो।

यसैक्रममा मुख्य मन्त्री प्रेम सिंह तामाङले कोविड 19 को स्थिति सामान्य नभएसम्म सबै शैक्षिक संस्थानहरू नखोल्ने, छिमेकी राज्यहरूले लकडाउन खकुलो गरेपनि सिक्किमको सबै नाकाहरूमा निगरानी कडा राख्ने र राज्यमा रहेको प्रतिबन्ध यथावत राख्ने बताए। यसैगरि मियाद बढेको अवस्थामा स्वास्थ्य र आवश्यक सामाग्रीको भण्डार पर्याप्त बनाइ राख्ने राज्य सरकारको प्राथमिकता रहेको मुख्यमन्त्रीले बैठकलाई अवगत गराए। यसैगरि राज्यमा अध्ययनरत अन्य राज्यका विद्यार्थीहरूलाई वित्तिय सहयोग दिएको अनि राज्य बाहिर पढ्ने सिक्किमका 55 जना विद्यार्थीले 14 दिनको क्वारान्टाइन पुरा गरेर स्वास्थ्य रहेको पुष्टि भएपछि घर पठाइएको जानकारी दिए। अर्कोतिर राज्यभित्रै लकडाउन खकुलो पार्ने तर यसको निम्ति केन्द्र सरकारको दिशा निर्देश अऩि सामाजिक दुरीलाई पूर्ण रूपमा पालन गर्ने निर्णय गरेको पनि बताए। यसैगरि लकडाउनको अवधिमा सिक्किमवासीले सरकारको पहललाई पूर्व सहयोग गरेको पनि उनले उल्लेख गरे।

अर्कोतिर राज्यपालले सिक्किमको आफ्नै कोरोना टेस्टिङ ल्याब स्थापनालाई सरकारले उच्च प्राथमिकतासित काम गर्नुपर्ने सुझाउ दिए। यसबारेमा स्वास्थ्य मन्त्री एमके शर्माले अहिले राज्य सरकारले आइसीआरएमसित समन्वय बनाएर आफ्नै टेस्टिङ ल्याब बनाउने दिशामा उच्च प्राथमिकतासित पहल गरिरहेको बताए। अर्कोतिर राज्यपालले स्वास्थ्य सेवातन्त्रलाई कोरोनासित जुझ्न सशक्त बनाउने सुझाउ दिँदै लकडाउनको मियाद बढेको खण्डमा राज्यवासीको आजिवीकाको निम्ति कल्याणकारी कार्यहरूको निम्ति तयारी गर्नुपर्ने सरकारलाई सुझाउ पनि राखे।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!