कोहलपुरमा भने दिनहुँ लकडाउन अवज्ञा गर्ने क्रम बढ्दो
विश्वभर प्रकोपका रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपालभर लकडाउन लागु गरीएको छ। कोरोना भाईरसको संक्रमण फैलन नदिन लागु गरीएको लकडाउनका कारण सबै गतिविधिहरु ठप्प छन। यद्यपी कोहलपुरमा भने दिनहुँ लकडाउन अवज्ञा गर्ने क्रम बढ्दो छ।
आफुलाई समाजकै प्रतिष्ठित वर्गका रुपमा देखाउन चाहने समुहबाटै बारम्बार लकडाउनको खिल्ली उडाउने खालका गतिविधिहरु हुँदै आएका छन। ब्यापारीहरुको साझा संगठनको रुपमा रहेको कोहलपुर उद्योग वाणिज्य संघले शनिबार खुलेआम संचालन गरेको गतिविधिले स्थानिय प्रशासनलाई चुनौती दिएको छ।
शनिवार विहान वाणिज्य संघले सहुलियत दरमा तरकारी उपलब्ध गराउने भन्दै आफ्नो कार्यालय परिसरमा मेलाको झल्को दिने भिडभाड जम्मा गर्यो। वाण्ज्यि संघले रु. ५ मा एक किलो काँक्रा, रु. ५० मा ५ किलो टमाटर र १ क्यारेडलाई रु. १५० मा बेचिरहेको खबर फैलिएपछि वाणिज्य संघ परिसरमा स्थानियहरुको थामिनसक्नु भिड लोगेको थियो। ईलाका प्रहरी कार्यालय कोहलपुरदेखी २० मिटरको दुरीमा रहेको वाणिज्य संघमा लकडाउनको सामान्य मान्यताको समेत ख्याल नगरी मानिसहरु जम्मा भएका थिए।
वाणिज्य संघ परिसरमा देखिएको उक्त दृष्य यतिबेला सामाजीक सञ्जालमा वहशको विषय बनेको छ। लक डाउनको पुर्ण पालना गर्न सरकारद्धारा गरिएको को निर्देशनलाई उलंघन गर्दै संघले परिसर भित्रबाटै सहुलियत दरमा भन्दै अन्डा र तरकारीजन्य सामाग्री विक्रि गरेको थियो।
लकडाउनको उलंघन हुने गरी स्थानीयहरुलाई संघले भिडभाड गराए पछि प्रहरीले हस्तक्षप गर्नुपरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डियस्पी कुलदिप चन्दले बताए। कर्फ्युमा जस्तो बल प्रयोग गरेरै भिडभाड हटाउन सक्ने अवस्था नरहेको बताउँदै चन्दले जिम्मेवार निकायले नै गैरजिम्मेवार गतिविधिरु संचालन गर्नु दुखद भएको प्रतिक्रिया दिए।
कोहलपुरमा पछिल्लो समय विभिन्न बाहानामा लकडाउन उलंघनका घटनाहरु बढिरहेका छन्। विभिन्न संघ संस्था, राजनीतिक दल, राजनीतिक दल भातृ संगठनहरु र केही समुह विशेषले लकडाउनको मर्म बिपरित विभिन्न गतिविधिहरु संचालन गर्दै आईरहेका छन। जसले गर्दा कोहलपुरमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ।
सामाजीक दुरीको समेत ख्याल नगरी राहात, उद्धार र भोजनका नाममा मेलाको झल्को दिने गरी हुने भिडभाडलाई नियन्त्रण गर्न कोहलपुर प्रहरी चुकेको भन्दै प्रहरीको समेत आलोचना सुरु भएको काँचुलीखबर डटकमले लेखेको छ।
तस्बिर : सामाजिक संजालबाट