Loading... आजः शनिबार , श्रावण १२, २०८१

क्यान्सरको प्रचार गर्दै अवकासप्राप्त नौसेनाका जवान राजधानी गान्तोक आइपुगे


गान्तोक, 12 फरवरी। ह्वेस्ट टू इस्ट (वी) कार्यक्रम अन्तर्गत क्यान्सर रोगको जागरुकता फैलाउँदै मुम्बईबाट निस्किएका भारतीय सेनाका अवकासप्राप्त नौसेना जवानहरूको 3400 किलोमिटर लामो मोटर साइकल यात्रा गान्तोकको एमजी मार्गमा आएर समाप्त भयो। बाइकर्सहरूलाई सिक्किम जर्नलिष्ट युनियन अनि प्रेसक्लब अफ सिक्किमले राजधानी गान्तोकमा स्वागत जनायो।

सिक्किम पर्यटन विभागको पर्यटन सूचना केन्द्रमा आयोजित स्वागत कार्यक्रममा सिक्किम सरकारका खेल एवं युवा मामिला विभागका मन्त्री कुङ्गा नीमा लेप्चा मुख्य अतिथि थिए। पछौटे वर्ग आयोगकी अध्यक्ष पवित्र भण्डारी, सिक्किम सरकारको खेल तथा युवा मामिला विभागका सचिव कुवेर भण्डारी, वास्तुकार किरण रसायलीको विशेष उपस्थितिमा सम्पन्न भएको यस कार्यक्रममा बाइकर्स अनि उनीहरूका परिवारहरूको पनि उपस्थिति रहेको थियो।

यसरी नै एक बाइकर्सले दिएको जानकारी अनुसार मुम्बईमा नेपाली गोर्खा सेवा समितिद्वारा सञ्चालन गरिइएको हाम्रो छाहारी आश्रय स्थलको पनि प्रचार गर्दै आएका हुन्। हाम्रो छहारीमा सिक्किम, दार्जीलिङ, भोटाङ नेपाललगायत अन्यस्थानबाट आउने क्यान्सर पिढित गोर्खाहरूको बसोबासोको निम्ति भवन निर्माण गर्ने विचार रहेको पनि जानकारी दिएका छन्। उनले हाल हाम्रो छाहरीमा 12-वटा कोठा किरायमा सञ्चालन हुँदै आएको जानकारी दिए भने उनले मन्त्री कुङ्गा नीमा लेप्चाको हातमा राज्यका मुख्यमन्त्री पीएस गोलेको नाममा एउटा सहयोग अपीलको पत्र पनि छोडेता छन्।

आफ्नो सम्बोधनमा मन्त्री कुङ्गा नीमा लेप्चाले सम्पूर्ण बाइकर्सहरूलाई बधाई दिए। उनले आफ्नो सम्बोधनमा सिक्किममा क्यान्सर पिढितहरूको बड्दो सङ्ख्यामा विचार गरिरहेको अनि यसको नियन्त्रणमा सरकार चिन्तित रहेको पनि जानकारी दिए। उनले राज्यमा के कारणले क्यान्सर फैलिइरहेको छ भन्ने कुरा सोचको विषय रहेको पनि जानकारी दिए। मन्त्री लेप्चाले मुम्बईमा भवन निर्माण गर्ने राज्य सरकारको पनि सोंच रहेको छ भन्दै बाइकर्सहरूलाई पूर्णरूपमा सहयोग पुऱ्याउने पनि बताए। यसरी नै आफ्नो सम्बोधनमा सिक्किम पछौटे वर्ग आयोगकी अध्यक्ष पवित्र भण्डारीले पनि बाइकर्सहरूलाई बधाई दिँदै उनीहरूको कामको सराहना गरिन्।

जानकारी गराइन्छ, मुम्बईबाट क्यान्सरमाथि जागरुकता फैलाउँदै पाँच जना बाइकर्सको टोली प्रस्थान गरेको थियो जसमा तीनजना सिक्किमे युवाहरू थिए। राजधानी आइपुगेका तीन सिक्किमे जवानहरू केशव साप्कोटा, विपिन दाहाल, ठाकुर प्रसाद अधिकारी सिक्किम आइपुगे भने छिरिङ शेर्पा सिक्किमे भएपनि उनी सिलोङ प्रस्थान गरे भने जोन कार्की कोलकातामा रहेका थिए।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!