Loading... आजः शनिबार , श्रावण १२, २०८१

क्रिकेटको त्रिकोणात्मक सिरिजमा नेपालद्वारा अमेरिकाविरूद्ध शानदार जित


त्रिकोणात्मक सिरिज अन्तगर्त क्रिकेटको अन्तिम खेलमा नेपालले अमेरिकामाथि शानदार जित हात पारेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिका‍माथि ८ विकेटको जित हात पारेको सेतोपाटी अनलाइनले लेखेको छ।

अमेरिकाले दिएको ३६ रनको न्यून लक्ष्य नेपालले ५.१ ओभरमा पूरा गर्‍यो। लेग स्पिनर सन्दीप लामिछाने र अर्का स्पिनर सुसान भारी चम्किएपछि अमेरिकाको ब्याटिङ ध्वस्त भएको थियो। सन्दीपले ६ र सुसानले ४ विकेट लिए। अमेरिकाले नेपालविरूद्ध बनाएको ३५ रन एकदिवसीय अन्तर्राष्ट्रियमा अर्को सबैभन्दा कम योगफल हो। सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई पनि ३५ रनमै अलआउट गरेको थियो।

जितसँगै नेपालले त्रिकोणात्मक सिरिजमा दुई जित हात पारेको छ। यसअघि पनि नेपालले अमेरिकालाई नै हराएको थियो। त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकी र ओमानी टोली नेपाल भ्रमणमा थिए।

Insert your Ads code here

ओमानले भने सिरिजको चारवटै खेल जितेको छ। जितसँगै ओमान समूहको शीर्ष स्थानमा पनि उक्लेको छ। आइसिसीले विश्वकप छनोटको लागि नयाँ रोडम्याप तय गरेपछि गत अगस्टबाट यो सिरिज सुरु भएको हो। नेपालसहित यो समूहमा सात देश छन्। समूहको शीर्ष तीन टोली सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा प्रवेश गर्नेछन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!