Loading... आजः शनिबार , श्रावण १२, २०८१

क्षेत्रिय स्तरको ब्याण्ड प्रतियोगितामा वेस्ट पोइन्स स्कूल र नर्थ सिक्किम एकाडेमी विजयी


गान्तोक, 8 जनवरी। सिक्किमको वेस्ट पोइन्ट उच्चत्तर माध्यमिक विद्यालय र नर्थ सिक्किम एकाडेमीले क्षेत्रिय स्तरको ब्याण्ड प्रतियोगितामा प्रथम स्थानमा विजयी बनेको छ।

असमको राजधानी गौहाटीमा आयोजित प्रतियोगितामा वेस्ट पोइन्ट स्कूलका बालिकाहरूले अनि नर्थ सिक्किम एकाडेमीका बालकहरूले क्षेत्रिय स्तर विजयी बनेका छन्। दुवै ब्याण्डलाई 10-10 हजार रूपियाँ नगत पुरस्कार प्रदान गरिएको छ।

दुवै स्कूलको ब्याम्डले आगामी 22 जनवरी 2020 मा नयाँ दिल्लीको बाल भवनमा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुनेछन्। सिक्किमको शिक्षा मन्त्री केएन लेप्चा ले विजयी स्कूलका दललाई बधाई दिइँदै राष्ट्रिय स्तरमा पनि बिजयी हुने शुभकामना व्यक्त गरेका छन्। यसैगरि शिक्षा विभागका अतिरिक्त मुख्य सचिव जीपी उपाध्यक्षले पनि विजयी दललाई बधाई दिए। उनले राष्ट्रिय स्तरको पछिल्लो दुइ वर्षको प्रतियोगितामा सिक्कमले लगातार दोस्रो र प्रथम स्थान ओगट्न सफल भएको छ जुन दुवै बाल वर्गमा रहेको छ भने योपाली बाल र बालिका दुवै वर्गमा राष्ट्रिय स्तरमा पुगेको हुनाले दुवै सफल हुने शुभकामना दिए।

यसैगरि शिक्षा विभागको समग्र शिक्षा राज्य परियोजना निर्देशक भीम ठटालले प्रेस बयान जारी गर्दै ब्याण्ड प्रतियोगिता वार्षिक रूपमा आयोजन हुने गरेको अनि जुन समग्र शिक्षामा आधारित रहेको बताएका छन्। उनले 2017 मा बाल ब्याण्ड दलले दोस्र स्थाना प्राप्त गरेको थियो भने 2018 मा राष्ट्रिय स्तरमै प्रथम बन्न सफल भएको छ। यसपाली बाल-बालिका दुवै वर्गमा विजयी बन्ने आशा व्यक्त गर्दछौं।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!