खजुरामा बौद्धिक मिलन केन्द्र शुरू
– सतिश निराैला
खजुरा( बाके)/ बाकेको खजुरा गाउँ पालिकाको एकनम्बर बजारमा एउटा चियापसल लगभग ६-७ बर्ष देखी निरन्तर चलिरहेको छ, त्यहस पसलमा बिहान् ५ बजेबाट नै निकै भिडभाड लाग्छ, १० बजेसम्म त्यो चलिरहन्छ।
खजुराबजार वरिपरिका मानिसहरुको प्रमुख केन्द्र हो भट्टराई चियापसल, गाउँ भरिका सबै सूचना त्यहाँ आइपुग्छ। एकहिसाबले यो ठाउँ खजुरा पालिकाको अघाेषित सूचना केन्द्र नै हो। राजनीतिक बहसदेखि स्थानीय र सिहदरबारका गतिविधि अनि विभिन्न बिषयमा त्यहाँ बहस छ्लफल हुनेगर्छ। खजुराका सबै दलका स्थानीय नेताको जमघट त्यहाँ हुने गर्छ।
सबै जम्मा हुने र विभिन्न बिषयमा चिन्तनमनन हुने ठाउँका रूपमा चिया पसलले भुमिका निभएकोले खजुरा गाउँ पालिका वडा न४ का अध्यक्ष तिलकबिर सुनारले आफ्नो निजि लगानीमा उक्त ठाउँमा केहि समयअघि फ्री इन्टरनेट सेवा प्रवाह हुनेगरी नेट लाइन जोडीदिएका छन। वडाअध्यक्ष सुनारले सुनाए – “गाउँ भरिका अग्रज अनि बौद्धिक बर्ग भेला हुने र चिन्तनमनन हुने र छलफल हुने ठाउँ भएको हुँदा मैले नेट जोडिदिएँ। आज उनै वडा अध्यक्ष सुनारको उपस्थितिमा सो ठाउँमा बौद्धिक मिलन केन्द्रको बिधिवत उद्घाटन गरियो। खजुरा गाउँ पालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले सो समारोहमा बोल्दै यसरी स्थानीय अगुवा र बौद्धिकबर्ग एकठाउमा जम्मा हुने र छलफल गर्ने थलोको बिकास गर्नु एकदमै राम्रो हो। यहाँ हुने सकारात्मक बहस र छलफलले स्थानीय सरकारलाई समेत खबरदारी गर्ने र सहयोग पुर्याउने राय राखे।
वडा न ३ का अध्यक्ष कान्तुराम गौतम, वडा न ४ का अध्यक्ष तिलकवीर सुनार, प्याब्सन प्रदेश न ५ का उपाध्यक्ष ऋषिकेश जिसि, काङ्ग्रेस खजुराका सभापति शेर ब गुरुङ लगायतले यो प्रयास उदाहरणिय भएको भन्दै प्रसम्सा गरे। स्थानीय राजनीतिक अगुवा बेदनिधी प्याकुरेलको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो। सो स्थानमा पत्रपत्रिका र सानो पुस्तकालय नै संचालनमा ल्याउने लक्ष्य रहेको वडा न४ का अध्यक्ष तथा उक्त फोरमका संरक्षक तिलकवीर सुनारले बताएका छन।
तपाइँकाे प्रतिक्रिया
