Loading... आजः शनिबार , श्रावण १२, २०८१

खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपति कोरोना संक्रमित


खजुरा गाउँपालिकाका, बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति कोरोना संक्रमित भएका छन्। नेकपा बाँकेका सचिवालय सदस्य समेत रहेका कक्षपतिलाई आईतबार कोरोना पुष्टि भएको हो। खजुरा गाउँ पालिका अध्यक्ष कक्षपति कोरोना रोकथाम र नियन्त्रणकालागि खजुरा गाउँपालिकामा नेतृत्वदायी भूमिकामा रहेका थिए। केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष कक्षपति आफै होम आईसोलेसनमा बस्नुभएको थियो। अहिलेसम्म कक्षपतिकाे स्वास्थ्य सामान्य रहेको बुझिएको छ।

बाँकेमा यसअघि पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीसँगै केही जनप्रतिनिधी तथा राजनीतिक दलका जिल्ला स्तरीय नेताहरुलाई कोरोना संक्रमण भएको छ। नेकपा बाँकेका सचिव अशोक कोइराला, कार्यालय सदस्य रत्न खत्री, जिल्ला कमिटी सदस्य मञ्जु कोइराला, स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष रामवहादुर चन्द आईसोलेसनमा रहेका छन्।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!