Loading... आजः शनिबार , श्रावण १२, २०८१

खजुरा गाउँपालिकाले काेराेना राेकथामका लागि २०लाख छुट्यायाे


फाइल तस्बिर

बाँकेको खजुरा गाउँपालिकाले वडा नं.१ मैटहवा माविलाई क्वारेनटाइन बनाउने निर्णय गरेको छ। खजुरा गाउँपालिका कार्यपालिकाको शनिवार बसेको ४९ औं बैठकले सो निर्णय गरेको हाे।

कोरोना विरुद्ध लड्न व्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याउने निर्णयसमेत गरिएको छ। खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले केन्द्र, प्रदेश सरकारले गरेका निर्णय पूर्णपालना गर्दै कोरोना रोक्थामका लागि विभिन्न १५ वटा निर्णय गरेको खजुरा गाउँपालिका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिए। स्वास्थ्यचौकीहरुलाई अझ व्यवस्थित गर्दै हेल्थ डेक्सको रुपमा पनि प्रयोग गरिने बताइएको छ।

Insert your Ads code here

बैठकबाट भएका निर्णयहरु:

क) नेपाल सरकार र प्रदेश सरकारबाट कोरोना भाइरस (COVID 19) रोकथाम तथा नियन्त्रणका लागि गरिएको निर्णयहरु पूर्णरुपमा पालना गर्ने।
ख) खजुरा गाउँपालिकामा गठन भएको गाउँपालिका स्तरीय समन्वय समिति, वडा स्तरीय समन्वय समिति, स्थानिय द्रुत प्रतिकार्य टिम र सामुदायिक द्रुत प्रतिकार्य टिमलाई उच्च सर्तकता अपनाई आ–अाफ्नाे क्षेत्रमा प्रभावकारीरुपमा कार्य गर्ने र सो को जानकारी दैनिक पालिकामा उपलव्ध गराउने।
ग) नेपाल सरकारबाट अत्याआवश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु मिति २०७६चैत२१ सम्मका लागि बन्द गर्ने भनी गरेको निर्णय बमोजिम यस पालिका र वडा कार्यालयबाट उपलव्ध गराउदै आएको हालको सेवालाई बन्दगरी सेवा ग्राहीहरुलाई कार्यालयमा नआउन र विना कारण भिडभाड नगर्न सुचना सप्रेषण गर्ने। यस विपतीको घडीमा धैर्यधारण गरि विपतीमा सहयोग पुर्याउन नागरिकलाई अनुरोध गर्ने।
घ) सेवा उपलव्ध गराउने कर्मचारीहरु आ–आप्mनो कार्यालयमा तोकिएको समयमा हाजिर हुने र कार्यालयमा आवश्यक पर्दा बोलाईको अन्य समयमा समेत हाजिर हुने व्यवस्था मिलाउन र कर्मचारीहरुलाई विदामा नछाड्न प्र.प्र.अ. लाई जिम्मा दिने।
ङ) खजुरा गाउँपालिका स्थित स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभुत स्वा.केन्द्रमा कार्यरत कर्मचारीहरुलाई उच्च सतर्कता साथ विरामीहरुको जाँच गर्ने व्यवस्था मिलाउन आवश्यक पर्ने प्राविधिक उपकरणको व्यवस्था मिलाउने गरि स्वास्थ्य शाखा प्रमुखलाई जिम्मा दिने।
च) विद्यालयमा सांस्कृति कार्यक्रम, वार्षिक अभिभावक दिवस र सार्वजनिकीकरण, इन्ट्रान्स परिक्षा तथा भर्नाको नाममा भिडभाड वा भेला हुने प्रकृतिका कुनै क्रियाकलाप हुन नदिने व्यवस्था मिलाउन शिक्षा शाखा प्रमुखलाई ,जिम्मा दिने।
छ) गाउँपालिकास्तरमा कुनै किसिमका धार्मिक, सांस्कृतिक, राजनैतिक भेला, सम्मेलन, उदघाटन, समारोह, गोष्ठी, तालिम जस्ता क्रियाकलाप नगर्ने र गर्न नदिने भई रहेका कार्य समेत रोक्ने।
ज) नोभेल कोरोना भाइरसको संक्रमणको डर तथा त्रासलाई देखाएर बजरमा अत्यावश्यक औषधी, खाद्यान्न लगायत अभाव हुने, कालोबजारीकरण गर्ने जस्ता क्रियाकलाप हुन नदिन सो लाई ध्यान राक्दै खजुरा गाउँपालिका स्थित रहेका बजारहरुको उपाध्यक्षज्यूको संयोजकत्वमा गठन भएको समितिबाट स्थानिय प्रहरी÷प्रशासनको सहयोग लिई तत्काल अनुगमन र नियममन गर्ने।
झ) खजुरा बजारमा हुने भिडभाड, पार्क, रेष्टुरेण्ट, होटल आदिहरुमा सजगता अपनाउन र भिडभाड हुन नदिने व्यवस्था मिलाउनका लागि स्थानिय प्रहरीलाई अनुरोध गर्ने।
ञ) नोभल कोरोना भाईरसको संक्रमण भन्दा पनि जनतामा पर्न गएको मनोबैज्ञानिक डर र त्रासको नकारात्मक प्रभाव बढी देखिने सम्भावनालाई मध्यनजर गर्दै वडा स्तरमा नागरिक सचेतनाका लागि माइकिङ्ग, पर्चा पम्पप्लेट, व्यानर राख्ने हाम्रा वडास्तरमा रहेका स्वाथ्य स्वयंम सेविकाहरुसमेतलाई परिचालन गर्ने र कुनै संक्रमित व्यक्ति फेला परेमा तत्काल सूचना गर्नको लागि हेल्पडेक्स खडा गर्ने।
ट) खजुरा गाउँपालिका वडा नं.१ मैटहवा मा.वि. चन्द्रनगरमा क्वारेन्टाइनटको व्यवस्था गर्ने।
ठ) खजुरा गाउँपालिका स्थित संचालन रहेका एम्बुलेन्सहरुको लगत तयार गरि सम्पर्क नम्बर सहित राख्ने र एम्बुलेन्स लामो दुरिमा जान नदिने र एम्बुलेन्स जाने स्थान र अवस्थाबारेमा पालिकास्तरमा गठन भएको टाक्स फोर्स वा हेल्पडेक्स संग अनुमति लिई संचालन गर्ने। सवारी चालकलाई विदामा नछाड्ने र कुनै बहाना हुन नदिने।
ड) कोरोना भाइरस विरामी पशु पन्छी र माछा मासुबाट पनि सर्ने भएकाले भारतबाट अवैधरुपमा ब्रोइलर कुखुराहरु भित्री गाउँघरका कुखुरा काट्ने घर (फ्रेस हाउस) बाट माछा, मासु विक्री भई रहेको हुँदा मिति २०७६चैत२१ गते सम्म गाउँपालिका स्तरमा संचालन भएका सम्पूर्ण फ्रेस हाउस बन्द गराउने।
ढ) सबै वडा कार्यालय र स्वास्थ्य चौकी र सरकारी कार्यालयहरुमा अनिवार्य हात धुने व्यवस्थाका लागि साबुन पानीको व्यवस्था मिलाउने।
ण) यस विपत्तीमा आवश्यक पर्र्नेे औषधी, उपकरण र प्राथमिक उपचारका सामाग्री खरिदका लागि विपद व्यवस्थापन कोषमा थप रकम आवश्यक हुने भएकाले गाउँपालिकाको बचत हुने कुनै पनि शिर्षकबाट बीस लाख रकम विपद व्यवस्थापन कोषका लागि विनियोजन गर्ने र आवश्यक्ता अनुसार राहत सामाग्री लगायत औषधी र उक्त क्षेत्रमा आवश्यक पर्ने उपकरणहरु खरिद गरि प्रयोग गर्ने।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!