Loading... आजः शनिबार , श्रावण १२, २०८१

खतिवडालाई अार्थिक सल्लाहकार बनाएर मन्त्रालय चलाउन दिने प्रमकाे योजना !



लामो समयको रस्साकस्सीपछि नेकपाभित्रकाे विवाद समाधानको दिशातर्फ उन्मुख देखिएकोमा कतिपय नेता कार्यकर्ता खुशी भएका छन्। अाज बिहानसम्म पनि अनिश्चयकाे संकेत देखिएका बीच नेकपा पार्टी केन्द्रीय सचिवालय बैठक शुरु भए लगत्तै प्रधानमन्त्री केपी शर्मा अाेलीले एकाएक ‘ठीक छ,म वामदेवजीलाई राष्ट्रिय सभामा लैजान्छु’ भन्नु भएपछि सचिवालयमा कुनै विवाद नभइकनै विषयले प्रवेश पाएकाे थियो।

विना राजनीतिक योगदान पार्टी र सरकारमा रजगज गर्दै आएका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडालाई अार्थिक सल्लाहकार बनाउने र अर्थ मन्त्रालय अाफुसँगै राख्ने योजना बनाउनुभएकाे प्रधानमन्त्री निकट श्राेतले बताएको छ। यसै योजना अनुरुप अर्थमन्त्री खतिवडाले मन्त्रीबाट बाहिरिनुपर्ने पक्का भएपछि आजै प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र लिएर गएका थिए। प्रधानमन्त्रीले राजीनामा पत्र नबुझेर उनैलाई फिर्ता दिएकाेे बुझिएको छ। प्रधानमन्त्रीले खतिवडाको राजीनामा फिर्ता पठाए पनि भाेलि राजीनामा पत्र बुझ्नसक्ने अाशंका गरिएको छ। प्रधानमन्त्रीले खतिवडालाई हटाएको नभइ उनलेे राजीनामा दिएको देखाउन पनि यस्तो खेेेल रचिएको हुनसक्छ। श्राेतले बताए अनुसार भएमा भोलि नै यी दुबै मन्त्रालयको कार्यभारबाट उनको राजीनामा आउँनेछ। आजको सचिवालय बैठकमा प्रारम्भदेखि नै प्रधानमन्त्रीको अनुहारमा खुशीपन थिएन। तर पनि गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव भने स्वयम प्रधानमन्त्रीले गरेपछि वातावरण सोचेभन्दा फरक ढङ्गले शान्त र चकमन्न बनेको थियो।

प्रधानमन्त्रीले अाफुले बारम्बार अडान लिए जस्तो खतिवडालाई निरन्तरता दिन नसकेपनि अर्थमन्त्रालय अाँफैसँग राख्ने र खतिवडालाई अार्थिक सल्लाहकारमा नियुक्त गरेर अप्रत्यक्षरुपमा अर्थमन्त्रालय चलाउन दिने वातावरण बनाउनेे योजनामा प्रधानमन्त्री रहेको वालुवाटारमा हल्ला छ।
फाइल तस्बिर

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!