बर्दियाको भौंराटप्पा क्षेत्रमा रहेको रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा राजापुरले बिहीबारबाट धान खरिद सुरु गरेको छ ।
नेपाल सरकारले तोकेको समर्थन मुल्य अनुसार यस बर्ष मोटा धान प्रति क्वीन्टल २ हजार ७ सय ३५ रुपैयामा खरिद सुरु गरिएको कम्पनीका शाखा प्रमुख धर्मराज पन्तले जानकारी दिनु भएको छ । कम्पनीले राजापुरबाट यस बर्ष मोटाधान २५ हजार क्विन्टल खरिद लक्ष्य लिएकोमा आवश्यकता अनुसार थप गर्ने वहाँले बताउदै २०७७ सालको बडा दशै तिहार र छट पर्वलाई मध्येनजर गदै केन्द्रिय पोलिसी अनुसार स्टिम जिरा चामल ५ सय कुन्टल, मकवानपुर चामल ५ सय कुन्टल, मोटा चामल २ सय कुन्टल चामल बिक्री गर्ने लक्ष्य लिएको मा मकवानपुर चामल प्रतिकुन्टल ५ सय छुट गरी रु ४३४५, मोटा चामल मा ५सय छुट गरि ४२ सय प्रतिकुन्टलको दरले मंसिर ६ गते सम्म बिक्री खुल्ला गरिएको बताउनु भयो ।
Insert your Ads code here
गत बर्ष मंसिरको ९ गतेबाट काटाँ संचालनमा आएको थियो । गत बर्ष भन्दा यस बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा राजापुरले २५ दिन अगाडी काटाँ संचालनमा ल्याएको छ भने मोटा धान गत बर्ष प्रति कुन्टल २हजार ५सय ३२रुपैया र मकवानपुर धान प्रतिकुन्टल रु २ हजार ७ सय कायम भएको थियो । तर यस बषै भने मकवानपुर धान खरीद गरिएको छैन । मकवानपुर धान बढी उत्पादन हुने राजापुर क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मकवानपुर धान खरीद गरेन भने किसानलाई त्यसको ठूलो असर पर्ने देखिन्छ ।