Loading... आजः शनिबार , असार ३०, २०८१

खानेपानी सरसफाई तथा स्वच्छता विषयमा सल्लाहकार समिती संग अन्तक्रिया कार्यक्रम


मुरली गोडिया,

    गुलरिया,बर्दिया खानेपानी सरसफाई तथा स्वच्छता विषयमा सल्लाहकार समिती संग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Insert your Ads code here

टिडीएच फाउन्डेन्स स्वीट्जरल्याण्डको आर्थिका सहयोग जिल्ला समन्वय समिती बर्दियाको समन्वय र गेरुवा ग्रामिण जागरण संघ बर्दियाको अयोजनामा कार्यक्रम भएको हो । प्रयास परियोजनाको भएको उक्त कार्यक्रममा खानेपानी सरसफाईको महत्व, यस परियोजनाले संचालन गरेका क्रियाकलाप, बर्दिया जिल्लामा गरिएका गतिविधि लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएको थियो । गुलरिया नगरपालिका वडा नम्बर ५ की अध्यक्ष तथा गेरुवा ग्रामिण जागरण संघकी उपाध्यक्ष सावित्रा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, स्थानिय तहमा भएको स्वास्थ्य शाखाका प्रमुख एवं प्रतिनिधी, लगायतको उपस्थितीमा भएको हो ।

संस्थाले ६ वटा सामुदायिक विद्यलायमा वास संरचना निर्माण गरिएको, नवनिर्मित तथा पुन निर्मित बाल तथा एम एच एम क्लबलाई प्याड बनाउने तालिम दिइएको तथा समुदाय स्तरमा वास सम्बन्धि जनचेतना मुलक क्रियाकलाप गर्दै आएको प्रयास परियोजनाका जिल्ला संयोजक गोपाल कंडेलले जानकारी दिनु भयो । परियोजनाले आगामी दिनमा मातृ तथा नवशिशु स्वास्थ्यको क्षेत्रमा कार्य गर्ने संस्थाले जनाएको छ । प्रसुति गृहहरुमा आवश्यक सामाग्रीहरु सहयोग, स्वास्थ्य सम्बन्धि मोबाइल ध्वनी सम्देशहरु जारी गर्ने, बर्दियाको बारबर्दिया, ठाकुरबाबा र गुलरिया नगरपालिकाको प्रसुती गृहमा कार्यरत अ.न.मीहरुको क्षमता बृद्धि गर्ने लगायतका क्रियाकलाप गरिने संस्थाले जनाएको छ । उक्त खानेपानी सरसफाई तथा स्वच्छता विषयमा सल्लाहकार समिती संग अन्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरिले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन प्रयास परियोजनाका जिल्ला संयोजक गोपाल कंडेलले गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वयव समिती बर्दियाका उपप्रमुख मान बहादुर विष्ट, गुलरिया नगरपालिकाकी उपमेयर शुशिला गीरी, लगायतको उपस्थिती रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!