Loading... आजः शनिबार , श्रावण १२, २०८१

गएको आर्थिक वर्षमा ३४२ वटा झोलुङ्गे पुल निर्माण


गएको आर्थिक वर्षमा ३४२ वटा झोलुङ्गे पुल निर्माण गरिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका विभिन्न भागमा ती पुल निर्माण भएपछि नागरिकलाई काममा धेरै सुविस्ता भएको छ।

गएको आर्थिक वर्षमा पूर्वाधार विकासले राम्ररी गति लिएको मन्त्रालयले जनाएको छ। यो खबर गोरखापत्र दैनिकले छापेको छ।

वार्षिक समीक्षामा दिइएको जानकारी अनुसार ५२ वटा सडक पुल, २५० किलोमिटर सडक कालोपत्रे, ग्राभेल सडक १०५ किलोमिटर, सडक आवधिक मर्मत ५५७ किलोमिटर र सडक नियमित मर्मत सम्भार एक हजार ७१६ किलोमिटर गरिएको छ।

Insert your Ads code here

त्यसैगरी सडक स्तरोन्नति ३५१ किलोमिटर, १६२ वटा खानेपानी आयोजना, ६२ वटा सिँचाइ तथा बहुउपयोगी आयोजना सम्पन्न, झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) ७६९ वटा तयार भएको, ११६ वटा सडक पुलको विस्तृत परियोजना प्रस्ताव तयार तथा ९८ वटा तटबन्ध तथा बाँध निर्माण भएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!