गजल अलख निरन्जन लोहार काेठियाघाट अनलाइन । कार्तिक २५, २०७८ बिहिबार गजल रमल मुसम्मन सालिम मैन जस्तै पग्लिँदैँ छौ जिन्दगीमा फर्किँदै छौ, पैतलाले नै बतायो आँगनीमा फर्किँदै छौ ।। मै भनौ के के भएको जुनतारा छेकिदिँदा चन्द्रमाको छाव बोकी बार्दलीमा फर्किँदै छौ ।।Insert your Ads code here उड्न सक्छौ त्यो धरामा दिल् बनाई प्यारको घर्, त्यै कुवाको धार छोपी अन्जुलीमा फर्किँदै छौ ।। आउ प्रिया हाँसी मेरो बागको यो मन्दिरैमा , मौनताको जाल तोडी हर् खुसीमा फर्किँदै छौ ।। बल्ल मेरो यो दशाले साथ छोडे झैँ भयो नि , क्या मजा भो यै अलख् को पाखुरीमा फर्किँदै छौ ।। अलख निरन्जन लोहार टीकापुर कैलाली हाल : भारत Please follow and like us: तपाइँकाे प्रतिक्रिया