ठुलाले धन नाम कमाए वतन बेचेर। गरिब लाचार छ्न पसिना घन बेचेर।।। लूटतन्त्रमा धर्म सस्कार कर्म बिक्दा । कुर्बानि दिनेहरू बाचे धडकन बेचेर ।। बा आमा सधैं उधारो बाट गुज्रे पनि । सन्तान हुर्के पछि बिग्रे पर्जनन बेचेर ।। टृहुराहरु रोज निद्रा पछि झस्किन्छ्न । भबिस्यका निम्ति अमूल्य मन बेचेर ।। जनता कोरोनाको अभावमा पुकार्दै नेता आभारी बने इमान सदन बेचेर।। जेबि अनुरागी राजापुर ४ बर्दिया