“”गजल”” बहर : मुतकारिव मुसम्मन सालिम(१२२*४) काेठियाघाट अनलाइन । कार्तिक २६, २०७८ शुक्रबार “”गजल”” डिल बहादुर महरा” बहर : मुतकारिव मुसम्मन सालिम(१२२*४)Insert your Ads code here दियौ प्रेम प्याला झुकाएर खाली । लियौ स्वार्थ जम्मै चुकाएर खाली ।१। भएँ बन्दगीझैँ तिमी भित्र धाएँ । गयो जिन्दगानी सुकाएर खाली ।२। सजाए तिमी चित्तमा रम्न थाले । भुले सम्झनामा लुकाएर खाली ।३। न वारी न पारी न अस्तित्व भित्र । बनायौ उदाङ्गो लुटाएर खाली ।४। मजाले फसायौ र सारा हसायौ । निचोरेर छाती दुखाएर खाली ।५ डिल बहादुर महरा” अविचल” शिखर न.पा.-४,डोटी Please follow and like us: तपाइँकाे प्रतिक्रिया