Loading... आजः मंगलबार , भाद्र २५, २०८१

गजल


विमला चन्द सानू

 

साहित्यको क्षेत्रमा लहराउछमेरो बैतडी,

Insert your Ads code here

खराब कुनै कार्य गर्न डराउछ मेरो बैतडी ।

हाम्रो इच्छा बैतडीको सधैं उचों नाम रहोस्,

असभ्यताको आभासमा कराउछ मेरो बैतडी ।

कु-संस्कार हटाउन हामी सबै लागेका छौँ,

मर्यादाको पाठ मन पराउछ मेरो बैतडी ।

सधैं रक्षा गर्नु पर्छ नैतिकवान व्यक्तित्वको,

कुकर्मीलाई सधैं नदि तराउछ मेरो बैतडी ।

ठूलो सानु जो भए नि सभ्यतामा बाच्नु पर्ने,

मानवताको मन्त्र पाठ गराउछ मेरो बैतडी ।

 

बैतडी हाल : काठमाडौं

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!