गजल काेठियाघाट अनलाइन । कार्तिक २६, २०७८ शुक्रबार सुरेश पाण्डेय खुलेर बोल्छन् झुटो पनि नातामा घोल्छन् झुटो पनि आफैमा राखी सत्यतालाई अरुमा मोल्छन् झुटो पनि हुँदैन अस्तित्व कुनै जहाँ बेकार खोल्छन् झुटो पनि पवित्र सम्बन्ध हुदाँ हुदैँ ल्याई बिथोल्छन् झुटो पनि कुन्नि के हुन्छ बोल्दैमा सत्य बोलेर पोल्छन् झुटो पनि सुर्खेत बिरेन्द्रनगर Please follow and like us: तपाइँकाे प्रतिक्रिया