Loading... आजः शनिबार , श्रावण १२, २०८१

गजल


 

अर्जुनबहादुर कँडेल

भ्रमहरूको विरुद्ध लड्नलाई प्रोत्साहन गर्नुपर्छ

Insert your Ads code here

अाफ्नो अार्को हैन राम्रो कामको समर्थन गर्नुपर्छ।।

सार्बभौम जनता हौँ हामी दास बन्न हुन्न है कसैको

एकता भएर राष्ट्रघाती भ्रष्टहरूको पतन गर्नुपर्छ।।

पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका छौँ

हामी सबैले पूर्वाधारका कुराहरू प्रवर्द्धन गर्नुपर्छ।।

देशभक्तिहरू सबैको एकता होस् राष्ट्रियताको लागि

कुन दल कुन सिद्धान्तमा हिँड्दै छ अाकलन गर्नुपर्छ।।

सरोकारवाला अनि सरकारलाई गरौँ सबैले खबरदारी

शासकहरूले सुशासन कायम हुनेगरी शासन गर्नुपर्छ।।

 

सिद्धलेक ७ धादिङ

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!