Loading... आजः मंगलबार , भाद्र २५, २०८१

गजल —


पुष्प अधिकारी अञ्जलि

कैंयौँ रात कतै बगरमा पनि सुतियो होला

मस्त निँदाउने रहरमा पनि सुतियो होला।

Insert your Ads code here

ओछ्यान अलग र सिरानी छुट्टै भए पनि

कसै -कसैको त नजरमा सुतियो होला।

कहिले मदिरा अनि कहिले तिर्खा बोकेर

कहिलेकाहीं तिम्रो अधरमा सुतियो होला।

छोडेर कसैका आँखामा यति गहिरो निंद्रा

एक्लै एक्लै कतै सफरमा सुतियो होला।

बिहान फुलेर साँझ झरेको “पुष्प”जस्तै

कुनै समय त तिम्रो घरमा सुतियो होला।।

भरतपुर ,चितवन

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!