काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।
शनिबार प्रदेश प्रमुख सीता पौडेलले काँग्रेस संसदीय दलका नेता समेत रहेका पोखरेललाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन।
पोखरेलले शुक्रबार ३१ सांसद्को हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरेका थिए।
Insert your Ads code here
विश्वासको मत नपाएर पदमुक्त भएका एमाले संसदीय दलका नेता समेत रहेका पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि नयाँ ट्विटस्ट सिर्जना भएको थियो। तर, गुरुङको दाबीलाई अस्वीकार गर्दै प्रदेश प्रमुखले बहुमत भएका काँग्रेस नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन।