एक वर्ष अधिमा नेपालमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ० दशमलव ५ प्रतिशत मात्रै रेमिट्यान्स घटेको नेपाल खबर अनलाइनले लेखेको छ।
आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ७५ अर्ब ३ करोड कायम भएको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७. प्रतिशतले बढेको थियो।
आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ।
Insert your Ads code here
अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो। आर्थिक वर्ष २०७६/७७ मा खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई ९ खर्ब ८२ अर्ब २२ करोड कायम भएको छ।