नेपालमा गत आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा ३ प्रतिशतले कमी आएको छ। नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक तथा वित्तीय स्थितिबारे ११ महिनाको रिपोर्ट सार्वजनिक गर्दै रेमिट्यान्स ३ प्रतिशतले कमी आएको जानकारी दिएको अनलाइन खबरले लेखेको छ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो।
यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने १२.४ प्रतिशतले कमी आएको राष्ट्र बैंकले बताएको छ। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ।
Insert your Ads code here
अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ३५.७ प्रतिशतले घटेको थियो। राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो।