Loading... आजः शनिबार , श्रावण १२, २०८१

गत आर्थिक वर्षमा नेपालमा १ खर्ब ९५ अर्बको पेट्रोलियम इन्धन मात्रै आयात


नेपालले आर्थिक वर्ष २०७६/७७ मा गरेको कुल वस्तु निर्यातको मूल्य ९६ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ रह्यो। भन्सार विभागका अनुसार यो एक वर्षको अवधिमा पेट्रोलियम पदार्थसहित खनिज इन्धन आयातमा मात्रै करिब २ खर्ब मूल्य बराबरको आयात भएको अनलाइन खबरले लेखेको छ।

खनिज तेल, त्यसका विभिन्न प्रकारका उत्पादन, अलकत्राजस्ता खनिज पदार्थ र इन्धन आयातमा मात्र एक वर्षको अवधिमा १ खर्ब ९४ अर्ब ७९ करोड रुपैयाँ विदेसिएको छ।

तथ्यांकअनुसार नेपालको एक वर्षको निर्यातले पेट्रोलियम पदार्थजन्य खनिज इन्धन आयातमा बाहिरिने रकमको आधा पैसा पनि धान्दैन। जसको फलस्वरुप नेपालको आयातको तुलनामा निर्यातको हिस्सा मुस्किलले १० प्रतिशत हाराहारी मात्र रहने गरेको छ। यसले व्यापार घाटा चुलिने गरेको छ।

Insert your Ads code here

नेपालमा एक वर्षको अवधिमा आइरन र स्टीलको आयात समेत १ खर्बभन्दा माथिको रहेको छ। यस्तो पदार्थ नेपालबाट भने १ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। फलाम र स्टिलका सामानको आयात भने १९ अर्ब १४ करोड रुपैयाँ बराबरको भएको छ। यस्तो वस्तुको निर्यात १ अर्ब १५ करोड रुपैयाँ बराबरको भएको छ। सवारी साधनको आयातमा मात्र ६५ अर्ब रुपैयाँ विदेशिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!