Loading... आजः सोमबार , मंसिर १७, २०८१

गलत कृयाकलापहरुको निगरानी र भण्डाफोर गर्न सबै दलहरुलाई आह्वान


राष्ट्रिय पुनर्जागरण अभियान नेपालले कोरोना भाइरसका कारण लक डाउनमा परि खानसमेत नपाएका पीडितहरुलाइ राहत बितरण गर्ने नाममा सरकारले आफ्नो पार्टीका कार्यकर्ताहरुलाइ पोस्ने काम गरिरहेको र जनतालाइ सडेको चामल बितरण गरेको आरोप लगाएको छ।

अभियानले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ: ‘कोषमा दाखिला भएको रकमबाट खर्च नगरि पुरानो सडेको चामल बितरण भैरहेको जानकारीमा आएको छ। सरकारबाट भएको यस्तो खालको गैर जिम्मेवारपूर्ण अमानवीय कामको हामी निन्दा गछौं ’ अयिानका तर्फबाट संयोजक भरत दाहालले जारी गर्नु भएको बिज्ञप्तिमा सरकारबाट भैरहेका गलत कृयाकलापहरुको निगरानी गर्न र भण्डाफोर गर्न सबै राजनीतिक दलहरुलाइ आह्वान गर्नु भएको छ।

विज्ञप्तीमा भनिएको छ – `कोरोना महामारीको विस्तारलाई रोक्न सरकारले घोषणा गरेको ‘लक डाउन’ बाट उत्पन्न खाद्य संकटको समाधान गर्न भनेर वितरण गर्न थालिएको राहतमा निन्दनिय प्रकारका अपराधहरु बढ्दै गएका छन्। राहतका लागि दिईएको रकममा भ्रष्टाचार गरेर कुहिएका खाद्य सामग्रीहरु वितरण गर्ने, दलभित्रको एउटा गुटले अर्को गुटलाई राहत वितरण गर्न प्रवेश नदिने, एउटा गुटको प्रतिनिधि भएको ठाउँमा अर्को गुटले असहयोग स्वरुप नाराबाजी गर्ने, खाद्य समस्याबाट छ्पटिईरहेका नागरिकहरुलाई राहत नदिएर पहुँचका आधारमा वितरण गर्ने, महामारी नियन्त्रणका लागि आयात गरिने सामग्रीहरुको मूल्यमा भ्रष्टाचार र कालो बजारी गर्ने जस्ता कृयाकलापहरु दैनिक समाचारका विषय बनिसकेका छन्।

Insert your Ads code here

यसका साथै स्वदेशी कृषिजन्य उत्पादनहरुलाई ‘लक डाउन’ को कारण देखाई बजारसम्मको पहुँच नदिएर गाड्नु पर्ने र ईण्डियाबाट ‘लक डाउन’ को वेवास्ता गरी संकास्पद कृषि उत्पादनहरु धमाधम भित्रिने क्रम पनि जारी छ। पहिल्यै थला पारिएको कृषि क्षेत्रमाथि महामारीको मौका छोपेर सत्तामा बस्नेहरुले समाप्त नै पार्ने गरी आक्रमण गर्न थालेको देखिंदैछ। राहत वितरण देखि आयात हुँदै बजारसम्म फैलिएको यो अपराधिक स्वेच्छाचारिताको ‘राष्ट्रिय पुनर्जागरण अभियान, नेपाल’ ले निन्दा गर्दछ। त्रासदिपूर्ण महामारीका बेला यस्ता कृयाकलापहरु गर्ने गलत तत्वहरुका विरुद्धमा जागरुक हुन र आ-आफ्ना ठाउँमा विरो गर्न पनि अभियानले आम नेपालीहरुप्रति हार्दिक अनुरोध गर्दछ। कोरोना महामारीलाई ढाल बनाएर देशभरी जे जस्ता अबान्छित र गैरजिम्मेवार कृयाकलापहरु भैरहेका छन् ती सबैको जानकारी लिन, प्राप्त सूचनाहरु केन्द्रमा पठाउन र दलका कार्यकर्ता वा जनप्रतिनिधिका नाममा स्थानिय स्तरमा भैरहेका यस प्रकारका निन्दनिय कामहरु रोक्नका लागि सम्बन्धित निकायहरुमा दबाब दिन अभियानका सबै जिल्लाका समिति र सदस्यहरु सकृयतापूर्वक लाग्न पनि अनुरोध छ।´

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!