गाउँमा बाटो कालोपत्रे हुन थालेपछि नागरिक खुशी
काेठियाघाट अनलाइन
। जेठ २३, २०७८ आइतबार
गीता चौधरी / कैलाली
जानकी गाउँपालिका वडा नं ३ का विभिन्न टोलमा गाउपालिका, प्रदेश र संघको बजेटबाट नयाँ बाटो नक्सांकन, बाटो ग्रावेल, र बाटो कालो पत्रे भईरहेको छ । वडा नं ३ मा केही बाटो बनिसकेको छ भने केही बटो निर्माण भइृरहेको अवस्थामा रहेको छ । गाउँका बटो बन्न थालेपछि नागरिक पनि खुशि भएका छन् ।
सुवर्णपुरमा २ किलोमिटर २० मिटर बाटो गत साल नै कालोपत्रे भईसकेको छ । विगतमा बाटो कारण समस्या भोग्न परेपनि गाउँमा बाटोकालो पत्रे र फराकिलो हुदा हिडडुल गर्न मात्र नभई कृषी कार्यमा पनि सजिलो भएको सुवर्णपुरका भागिराम चौधरी बताउनुहुन्छ । ‘‘पहिले विरामी हुँदा पनि गाउँमा एम्बुलेन्स आउन नसक्ने अवस्था थियो । अहिले घर आँगनमा नै एम्बुलेन्स आईपुग्दा निकै सजिलो भएको छ’’, उहाँले भन्नुभयो ।
लायकपुर गाउँमा पनि यसै वर्ष ३ सय बाटो कालोपत्रे भईरहेको छ । वषाृतको समयमा हिलोले बाटोमा हिड्न नसकिने अवस्था थियो ।
‘‘अहिले घर अगाडी नै बाटो बनेको छ । धेरै राम्रो भएको चन्दा साउँद भन्नुहुन्छ । पहिले बाटो नहुँदा निकै समस्या थियो । धेरै समस्या भोग्न प¥यो हामीलाई तर अहिले बाटो बन्दा सजिलो भएको छ’’, उहाँले भन्नुभयो ।
पहिले पहिले बाटो नबन्दा बाटो हिलामय भएर एकबाट घर अर्को घरमा जान पनि समस्या थियो । अहिले वडामा विभिन्न टोलमा बाटो ग्रावेल, कालोपत्रे हुन थालेपछि सम्पूर्ण वडाबासीलाई सजिलो भएको छ सुवर्णपुरका सामाजिक अगुवा मानबहादुर चौधरीको भनाइ छ ।
लालयकपुर शिविरकै बडघर लल्ताप्रसाद थारुले आफ्नो गाउँमा बाटो बन्न थालेपछि आफूहरुलाई हिडडुल गर्न सजिलो भएको बताउनुभयो । ‘‘बाटो बन्नु भन्दा पहिले पानीको निकास नहुँदा आफूहरु डुवानमा पर्नु परेको कुरा स्मरण गर्दै बाटो बनेपछि पानीको निकास पनि हुने भएको छ । अब हामीहरु डुवानमा पर्नु पर्दैन हामी टालेबासी नै निकै खुशी छौ’’ उहाँले भन्नुभयो । सामाजिक अगुवा जनककुमार चौधरीले वडाले गरेका सम्पूर्ण काम राम्रो भएको बताउनुभयो । वडाले आफ्नो बजेटले भ्याएसम्मको काम गरेकको उहाँले बताउनुभयो । बीचमा अवरोधको कारण वडाले विकास निर्माणको काम गर्न खोजे पनि पछाडी पर्नुपरेको बताउनुभयो । ‘‘समग्ररुपमा वडाले राम्रो गरेको छ, हरेक काममा वडाभित्रका सम्पूर्ण राजनीतिक दलको सहकार्य गरेर काम गरेको छ । विकास निर्माणका काम यसरी नै सहकार्य गर्नुपर्छ’’, उहाँले भन्नुभयो ।
वडा नं ३ मा बटो कालो पत्रे, ग्रावेल र नया बटो नक्सांकन पनि भएको छ । यसै वर्ष मात्र वडा नं ३ मा ८ सय ३० मिटर बाटो कालोपत्रे भईरहेको छ । एउटा बाटो नयाँ नक्सांकन भई ग्रावेल समेत भई सकेको वडाध्यक्ष प्रदिपकुमार शाहले बताउनुभयो । ‘‘सबै बाटो ग्रावेल भईसकेको छ अब बाटो कालो पत्रे हुने तयारीमा रहेको छ’’, उहाँले भन्नुभयो, ‘‘वडामा गाउँपालिका, प्रदेश र संघीय बजेटमा बाटो निर्माण भईरहेको छ । विकास निर्माणको काममा सम्पूर्ण वडाबासीको सहयोग पाएको छु ।’’