Loading... आजः शनिबार , माघ ५, २०८१

गान्तोकको लालबजारमा आगलागी चारवटा दोकान डढ्यो


गान्तोक, 28 अप्रेल। सिक्किमको राजधानी गान्तोकको मुख्य बजार कञ्चनजङ्घा सपिङ कम्पलेक्स अर्थात लाल बजारमा मंगलबार दिउँसो लगभग 2-30 बजी अचनाक आगो लाग्दा चारवटा दोकान नष्ट भएको छ। लकडाउनको कारण दिउँसो 2 बजीसम्म मात्र पसलहरू खोलिने नियम रहिआएको बेला अचानक आगलागी हुँदा निक्कै खैलाबैला भएको छ। भर्खरै बन्द गरेर गएको पसलमा धुपको कारण आगो लागेको हुनसक्ने आशंका गरिएको छ। घटनास्थलमा आइपुगेका राज्यका शहरी विकास तथा आवास मन्त्री अरूण उप्रेतीले घटनाको पूर्ण निरिक्षण गरेर चारवटा पसल नम्बर 90, 101, 103, 102 मा आगो लागेको बताए। प्रत्येक पहसमा 90 देखि 1 लाखसम्मको सामान हुने गरेको अनि लगभग 5-6 लाख रूपियाँ क्षतिभएको हुनसक्ने बताए। उनले यसबारेमा जाँच भइरहेको अनि पुलिस, अग्निशमन र आपदा प्रबन्धनले पूरा जाँच गरेर क्षतिपूर्तिको व्यवस्था गर्ने बताए। आगोलाई ठूलो फैलिन नदिने तथा यसलाई तुरन्तै नियन्त्रण गर्ने कार्य गरिएको पनि बताए। अर्कोतिर यस्तो महामारी र लकडाउनको समयमा मानिसहरूले हरेक कुरामा सतर्क हुनुपर्ने अपिल गर्दै लापरवाहीसित केही कुरा पनि नछोड्ने सबै कुरामा ध्यान दिनु पर्ने आह्वान गरे। घटनास्थलमा जीएमसी मेयर शक्तिसिंह चौधरी, जीएमसी आयुक्त, एसडीएम गान्तोकको पनि उपस्थिति रहेको थियो। आगोमा श्रीमती पासाङ ल्हमु शेर्पा, एमबी सुब्बा, बिन्ध्या सुब्बा र सुकरानी सुब्बाको दोकान डढेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!