Loading... आजः शनिबार , श्रावण १२, २०८१

गान्तोक, साउथ वेस्ट चालक संगठन भङ्ग गरेर कानुन विभाग र जिल्लापालको हस्तक्षेपमा नयाँ समिति बनाउनुपर्छ- तामाङ


गान्तोक, 14 जुलाई। सिक्किमको राजधानी गान्तोकस्थित गान्तोक, दक्षिण पश्चिम चालक संगठनको वर्तमान कार्यकारी समिति भङ्ग गरेर राज्य सरकारको कानुन एवं विधि विभाग र जिल्ला प्रशासनको निगरानीमा वैधानिक समिति कानुनी प्रक्रिया अनुरुप गर्नुपर्ने कार्यकारी समितिसित रूष्ठ बनेका चालक समितिका सदस्यहरूले माग राखेका छन्। गान्तोकमा आयोजित एउटा पत्रकार सम्मेलनमा यसबारे जानकारी गराउँदै चालक सदस्य फत्तेमान तामाङले अहिले कर्मा छिरिङ लेप्चाले कानुन विभाग, प्रशासन, मिडीया जनता र चालक वर्गलाई झुठो बयान दिएर आफूलाई साँचो देखाउने काम गरिरहेको तर उनले गरेको काम सबै गलत र अवैध रहेको बताए।
उनले सरकारले सहकारी प्रथालाई हटाएर काउण्टर चलाउने अधिकार दिएकोमा सरकारलाई आभार प्रकट गर्दै सरकारलाई अहिले सरकारले दिएको सुविधालाई गलतरूपमा प्रयोग गर्दै आफ्नो व्यक्तिगत संगठनजस्तो चलाउऩे काम गरेको बताए। उनले अब वर्तमान समितिलाई पूर्णरूपमा विगठन गरेर नयाँ संविधान र घोषणापत्रको आधारमा कानुन विभागमा पञ्जिकरण गर्नुपर्ने माग राखे। यसपछि अहिलेसम्म अध्यक्ष लेप्चाले मनमानीपूर्वक अवैधरूपमा साधारण सभा नराखि कार्यकारीमा समेत मानिसहरूलगाएर झूठो दस्तावेजको आधारमा कानुन विभागमा पञ्जिकरण गराउने प्रयास गरिरहेको बताए। उनले अब उसो चालकहरूलाई हेप्ने र पालो काट्ने जस्ता कार्य गर्न नपाउने बताए।
यसरी नै उनले अहिलेको तदर्थ समितिले अहिलेसम्मको सबै हर हिसाब बैधानिक बील र कानुनमा खरो उत्रिने हिसाबकिताब बझाउनुपर्ने माग गरेका छन्। यसैगरी उनले अध्यक्ष लेप्चाले आफ्नो गोजीबाट राखेको महासचिव प्रेम तामाङलाई बोल्न लगाएर दिएको स्पष्टिकरण सबै झुठो रहेको अनि त्यसलाई कानुनमा किहींपनि सावित गर्न नसकिने बताए। यसरी नै उनले चालकहरूको निम्ति कुनै प्रकारको सुविधा महामारीको समयमा संगठनले उपलब्ध गराउऩ नसकेको अनि केवल झुठको पुलिन्दा बोकेर मिडीयामा आउने काम गरेको बताउँदै उनीहरूको संगठनमा गरिएको धाँदलीको विभिन्न कच्चा चिट्ठाहरू पत्रकारहरू अघि राखे।
यसैगरी उनले काउण्टरबाट मासिकरूपमा एक लाख भन्दा धेरै पैसा उठ्ने गरेको तर त्यसलाई पैसा नउठ्ने भन्दै गरिरहेको प्रतिक्रियाको प्रमाण प्रेम तामाङसित भएको फोन वार्ताको अडियो पनि सुनाएका थिए। जसमा एक लाख भन् अधिक पैसा उठ्ने गरेको उल्लेख गरिएको बताए। यद्यपी महामारीको समयमा कारण बताओ भन्दै राहत समेत दिननमान्ने पैसा छैन भन्ने अध्यक्षले सल्लाह नगरी चालकहरूलाई फेरि 15-15 सय रुपियाँ वितरण गरेर हिसाब किताब नबुझाएको बताए। यसरी नै सबै कुरामा ढाँट्ने र हिसाबकिताब नबुझाउने गरेको आरोप लगाउँदै चालक विरोधी संगठन भएको कारण तुरन्तै तदर्थ समिति भङ्ग गर्नुपर्ने माग गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!