गायक तथा मोडल चक्र बमको सांगितिक कोशेली गाजल सार्वजनिक भएको छ । गायन र नृत्य मात्र नभई शब्द सृजना तथा संगितको काममा समेत पोख्त बम नेपाली दर्शकमाझ निकै लोकप्रिय छन । उनका गित संगित पनि चर्चाको शिखरमा पुग्ने गरेका छन ।
नेपाली सांगितिक बजारमा एक पछि अर्को उत्कृष्ट सृजना पस्कन अब्बल बमले निकै फरक धारको नयाँ गित गाजल सार्वजनिक गरेका हुन । गायक स्वयमको शब्द, संगित तथा स्वर रहेको गाजल बोलको गितमा चक्र बम र गीता ढुङ्गानाको अभिनय रहेको छ । केशब बडुको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियामा बिक्रम चौहानले निर्देशन गरेका छन भने प्रकाश खडकाको छाँयाकन रहेको छ । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियो गायक चक्र बमको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।