Loading... आजः शनिबार , श्रावण १२, २०८१

गायक सुरेश कुमार कविको रूपमा कविता सङ्ग्रह ‘भोगाइ र भावनाहरु ‘ विमोचन


दार्जीलिङ, 29 फरवरी। गायक सुरेश कुमार कविको रूपमा कविता सङ्ग्रह ‘भोगाइ र भावनाहरु ‘ विमोचन भएको छ।

आफ्ना सुमधुर गीत र सङ्गीतले श्रोता-दर्शकको मन जित् पार्ने मेलोडी किङ उपनामले परिचित गायक सुरेश कुमारलाई अब कविको रूपमा अघि आएका छन्। उऩको पहिलो कविता संग्रह ‘भोगाइ र भावनाहरु ‘ को विमोचन नेपाली विभाग, साउथफिल्ड कलेज, दार्जीलिङ एवम् सृजना सम्प्रेषण समूहको आयोजनामा साउथफिल्ड कलेज प्रेक्षागृहमा भएको छ। साहित्यकार नन्द हाङखिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि संगीतकार वसन्त छेत्री रहेका थिए।

संगीतकार बद्री दुर्गा खरेल, दलसिंह अकेला साथै साहित्य र संगीतको क्षेत्रका हस्तीहरूको बाल्को उपस्थिति रहेको कार्यक्रममा सुरेश कुमारलाई गायक, संगीतकार, गीतकारसाथै एक पोख्त चित्रकार पनि हुन्। गीत/संगीतबाहेक कलाका अन्य क्षेत्रमा पनि क्रियाशील सुरेश कुमारका चित्रहरु पनि प्रदर्शनी एवम् बिक्रीमा राखिएको छ। हालसम्म सत्रवटा एकल गीति एल्बम् अनि अन्य एल्बम र चलचित्रमा गरी सयौँ गीत गाइसकेका सुरेश कुमारले आफ्ना भोगाइ अनि त्यसबाट जन्मिएका भावनाहरु समेटेर पुस्तकाकारमा आफ्ना शुभचिन्तक अनि पाठकहरुसमक्ष पस्केका छन्।

Insert your Ads code here

ज्ञानकुञ्ज बुक्स, खरसाङको पक्षमा श्री अनि श्रीमती पञ्चराज राई, पुलुङदुङ, दार्जीलिङद्वारा प्रकाशित उक्त कविता सङ्ग्रहलाई आफ्ना हितैषी, शुभचिन्तक, प्रशंसकहरुले माया गरिदिने विश्वास रहेको स्रष्टा सुरेशकुमारले बताएका छन्। कार्यक्रममा सुरेश कुमारले गीत प्रस्तुती गरेका थिए। उल्लेखनीय छ गायकसितै कवि बनेका छेत्रीले आफ्नै नाममा सुरेश कुमार फाउण्डेशनको नाममा सामाजिक कार्य पनि सञ्चालन गर्दै आएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!