Loading... आजः शनिबार , श्रावण १२, २०८१

गायिका मेलिना राईको स्वरमा ‘पूर्वदेखि पश्चिमसम्म…’ सार्वजनिक


लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म…’ सार्वजनिक भएको छ। हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल, ज्ञानेन्द्र खड्का, आरजे सापकोटालगायतका कलाकारलाई फिचरिङ गरिएको छ।

ड्रिम्स गेट ईन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत रोमान्टिक डान्सिङ फ्लेवरको छ र भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। राजेन्द्र पाण्डेको छायाँकन रहेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ।

‘हामी सबैको मिहिनेतले एउटा राम्र्रो गीतको राम्रो भिडियो लिएर स्रोता/दर्शकमाझ आएका छौ, हाम्रा अघिल्ला भिडियोहरु जस्तै यो भिडियोले पनि स्रोता/दर्शकको मन जित्नेमा आशावादी रहेका छौं’, निर्देशक कृष्णले भने प्राप्त समाचारमा उल्लेख छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!