भारतबाट कैलालीको धनगढी सीमाभित्र प्रवेश गरेका नेपालीहरुलाई ब्यवस्थित गर्ने क्रममा प्रहरी र नेपाल प्रवेश गरेकाहरुबीच झडप भएको छ। खुलारुपमा प्रवेश गर्न नदिइ नियन्त्रण गर्ने प्रयास प्रहरीले गरेपछि झडप भएको हो।
महामारीका रुपमा विश्वका अधिकाँश देशमा फैलिसकेको कोरोना भाइरसकाे संक्रमण भारतमा पनि बढ्दै गएपछि भारतमा कार्यरत नेपालीहरु अाफ्नाे जीउकाे सुरक्षाका लागि स्वदेश फर्कने क्रम अझैसम्म जारी छ।
नेपाल सरकारले पुरै देश लकडाउन गर्ने घोषणा गरेसँगै चीन र भारतसँग सिमा जोडिएका सबै नाकाहरु बन्द गरेपछि भारतबाट नेपाल आउनेहरुलाई समस्या परेको छ। काेही कसैलाई पनि नेपाल प्रवेश गर्नेेेेेेमाथि नियन्त्रण गर्न थालेपछि नेपालगञ्ज नाकामा सयौं र गौरिफन्टा नाकामा ८०० भन्दा बढी नेपाली अलपत्र अवस्थामा छन्। नेपालगञ्जमा सेल्फ क्वारेन्टाइनमा राखिएकाहरु भागिसकेकाे र गाैरीफण्टा नाकामा नेपाल प्रवेश गर्न खाेज्नेहरु र प्रहरीकाबीच असमझदारी बढेको देखिन्छ।यसैक्रममा अलपत्र अवस्थामा रहेका नेपाली र सुरक्षार्थ खटिएका प्रहरीबीच गाैरीफण्टा नाकामा झडप भएको हो। सुरक्षा घेरा ताेडेर जबर्जस्ती नेपाल प्रवेश गर्न थालेपछी झडप भएको बुझिएको छ।
Insert your Ads code here
गाैरीफण्टा नाकाबाट मात्र बितेका तीन दिनमा १७ हजार ५८९ जना नेपाल भित्रिसकेका छन्। शनिबार ७ हजार ११, आइतबार ५ हजार ४४ र सोमबार २ हजार ५ सय ३४ जनाले भारतबाट नेपाल प्रवेश गरेको जानकारी प्राप्त भएको छ।