गुरिया पर्व सँगै बरघर चोक नामाकरण
काेठियाघाट अनलाइन
। श्रावण ३०, २०७८ शनिबार
राजापुर, २९ साउन, २०७८
राजापुर नगरपालिकावडा नं. २ जोतपुर गाउँको बरघर चोकमाथारु समुदायले गुरिया कार्यक्रम गरेका छन् । थारु समुदायले मनाउदै आएको यो पर्व कतिपयगाउँहरुमागुरियाको नाममामिठो मसिनो खाने मात्रकामहुदै गरेकोमा यस बर्ष विधिपुर्वक सम्पन्नगरिएको जनाइएको छ । यो पर्वलाई थारु समुदायमाअझै राम्रोसँग जानकारीमाल्याउनकालागिगाउँको बीचमा पर्ने जोतपुर सामुदायिकभवन छेउको बरघर चोकमागरिएको हो ।
थारु समुदायको आफ्नै सँस्कृति र पहिचान छ । बरघर प्रणालीलाई स्थापितगर्नका लागि साथै थारुहरुले गाउँ सञ्चालन तथा व्यवस्थापन गर्ने मुख्य जिम्मेवार बरघर रहने भएकाले बरघरकै नामले सो चोकको नामपनि गुरियाकै दिन बरघर चोक भनेर नामाकरण गरिएको अधिकारकर्मी सोम डेमनडौराले बताएकाछन् ।
थारु समुदायमा कतै गुरिया त कतै गुरहीको नामले यो पर्व मनाउने गरिन्छ । बालबालिकाको मुख्य सहभागीता रहने भएकाले यो पर्वलाई बालपर्वको रुपमा पनिलिने गरिएको छ । गुरही, गुर्ही (दाङ्गमुलभएकाले झिङ्गौरा भन्ने गरेको)– एक प्रकारको किरा जसलाई अंग्रेजीमा ड्य्रागन फ्लाई भनिन्छ । गुरिया, गुर्या– हिन्दी भाषामा गुडीया तथा अंग्रजीमा मन्नेक्विन भन्ने गरिन्छ ।
यो पर्व साउनशुक्लपक्ष, नागपञ्चमीका दिनमा मनाउने गरिन्छ । गुरही/गुरियाको दिनगाउँको चोक (पहिले पहिले गुवाँको छेउमा या झाडीको नजिक) मा साँझपख महिला तथा केटीहरुले गुरिया (गुर्ही) फाल्ने र पुरुषतथा केटाहरुले त्यसलाई स्वाँटा (एक प्रकारको घाँस बाटबनाइएको कोर्रा या लठ्ठी) ले पिट्ने गर्छन् ।पिटी सकेपछि घुघरी (मटरा, केराउ, चना या चामलको भुजा), बरिया, रोटी, खुर्माखाने गर्छन् । त्यसपछिसेलाउनजाने पनिगरिन्छ।
गुर्हीले लामखुट्टे तथा किराहरुलाई खाने गर्ने तथादुष्ट आत्मानाशकको रुपमा लिइने गरिन्छ । गुर्ही बनाएर पिटेमादुःख, कष्टतथाविमारी र बालीनालीमा हुने प्रकोप समेत नाशहुने भन्ने जनविश्वास रहेको छ । यो पर्व दिदीभाईबीचको प्रगाढ सम्बन्धको पर्वकोरुपमा र सद्भावको पर्वकोरुपमा समेत लिने गरिन्छ ।
युवा समाजसेवी सितारामथारु भन्छन् काठमाडौंमा नोकरीका लागि र पढ्न गएका थारुहरुले यो पर्वको आयोजना गर्छन् । तर थारु गाउँमाभने पर्वको नामले मासु भात मात्रखाने चलन छ । तसर्थ थारु समुदायको सँस्कृतिगाउँ स्तरबाट नै मनाउने परम्परा स्थापितगर्न गाउँको बीचभागमा पर्ने बरघर चोकमामनाएको हो ।
जोतपुर गाउँका बरघर बीरेन्द्र दहितले युवाहरुको बौद्धिक सोंचले गुरिया पर्व प्रथमपटक यसरी भव्यबनाएकोमा खुसि व्यक्त गर्दै धन्यवाद दिएकाछन् । कार्यक्रमको व्यववस्थापन जोतपुर बरघर समितिले गरको थियो भने सञ्चालन बरघर समितिका सचिबपुर्ण बहादुर थारुले गरेका थिए ।
Insert your Ads code here