गेजिङ सरकारी डिग्री कलेजको विद्यार्थीको प्रतिवाद 30 घण्टा नाघ्यो, सरकारबाट कुनै आश्वासन छैन् आन्दोलन अझ चर्काउने विद्यार्थीको चेताउनी
गेजिङ 17 मार्च । पश्चिम सिक्किमको गेजिङ सरकारी डिग्री कलेजका विद्यार्थीले हिजदेखि शूरू गरेको विरोध प्रदर्शन जारी रहेको छ । कलेजको विद्यार्थी प्रतिनिधि परिषद (एसआरसी)को पहलमा शुरू गरिएको यो विरोध प्रदर्शन विशेष गरेर 2010 को मानचित्र अन्तर्गत कलेजको पुर्वधार निर्माण अनि कम्पलेक्स नभएको कारण विद्यार्थीले भोग्न परेको विविध समस्यलाई लिएर विरोध जुलुस शूरू गरेका छन । । कलेज निर्माणकार्य 2010 देखि शूरू गरेर 2015 सम्ममा सम्पूर्ण कार्य समाप्त गर्न पर्ने वर्क अडरमा भए पनि 2020 मा पनि यो पुर्वधार विकासको कार्यमा लापरबाही भइरहेको प्रति अति नै भएर विद्यार्थी प्रतिनिधि परिषद्ले यो विषयमा बारम्बार विभाग अनि सम्बन्धित निकायलाई अवगत गरनउने आवज उठाउने काम गरेपनि कसैले कान ठाडो नपारेपछि हिज बिहानदेखि विद्यार्थीले कलेजको अघि धर्ना दिएका छन । जबसम्म उच्चस्तरीय अधिकारीले आएर सकारात्मक आश्वासन दिदैनन् तबसम्म धर्ना जारी राख्ने बताउदै भोलि 10 बजेसम्म पनि विभागबाट यसको कुनै ठोस कदम नभए कालो झण्डा उठाउने चेतावनी पनि दिएका छन । गेजिङ कलेज शुरू हुदा किरायको घरमा 8 वर्ष बित्यो , बल्ल कलेजले आफ्नो क्याम्पस पायो पुर्वधार रहित कलेज, भवन सहित विभिन्न सुविधा विहिन छ भने अहिले कागले बेल पायो हर्ष न विस्मत भएको जस्तो भइरहेको बताएका छन । अहिले गल्स होस्टेलमा कलेज पढ्नु परेको छ भने एउटै बेञ्चमा 5 जना अटाउनुपर्ने, अवस्था रहेको कारण आफ्नो अधिकारको निम्ति हामीले आवज उठाएको हौं, भिख मागेका होइनौं , कलेज निर्माण कार्य शुरू भएको 10 वर्ष हुँदा पनि अहिलेसम्म किन विद्यार्थीलाई सुविधायुक्त हुने सकेन, खोइ 2010को मानचित्र अनुसारको गेजिङ सरकारी महाविधालय भन्दै विद्यार्थीले विरोध गरिरहेका छन्।
कोरोना भाइरसको कारण कलेज 1 महिना बन्द आजदेखि शुरू भएपनि विद्यार्थीले यसको कुनै ख्याल नगरि आफ्नो न्यायाको निम्ति लडिरहने बताएका छन् । खेल मैदान, कलेज विल्डिङ,अडिटोरियम हल, बल्क वाइज भवन, सहित अन्य कामहरू नभएकोले विद्यार्थीले अन्तमा यो कदम उठाउन बाध्य बनेको बताएका छन्। उनीहरूले सम्बन्धि निकायले लापरबाही र विद्यार्थीको भविष्यमा खेलबाड गरे विद्यार्थी परिषदबाट परिणाम ठिक नहुने चेताउनी पनि दिएको छ। । पश्चिम सिक्किमको जनताको निम्ति सहज होस विद्यार्थीले घरकै नजिक कम खर्चमा अध्यान गर्न सकुन भनेर खोलिएको कलेजमा विद्यार्थीले अनेक बाधा र समस्य भोग्दै आइरहेको भएपनि कहिले विभागले विद्यार्थीको हितमा पहल नगरेको अनि विद्यार्थीहरूको मागलाई ख्याल नगरेको बताएका छन्। । विरोध प्रर्दशन गरेको 30 घण्टा पार हुँदा पनि अहिले सम्म सम्बन्धित विभाग किन मौन छ, कोरोनाको प्रकोपमा गम्भीर भएर सतर्कता लिनेले किन विद्यार्थीको मागलाई गम्भीरतापूर्वक लिएको छैन भन्ने प्रश्न विद्यार्थीले गरेका छन्। अर्कोतिर कलेजका प्रमुखहरूले आज उच्चस्तरीय विभागबाट आश्वासन आएको भनी उक्त आश्वासन पत्र विद्यार्थीलाई सुम्पिने कोशिस गरेपनि विद्यार्थीले उक्त आश्वासन लिन अस्वीकार गरे । जब सम्म सकारात्मक र विद्यार्थीको हितमा पहल उठ्दैन तबसम्म प्रदर्शन जारी भइरहनेछ भन्दै विद्यार्थी प्रतिवादमा अडिक रहेका छन्। (रूद्र कौशिक)