Loading... आजः मंगलबार , मंसिर १८, २०८१

गेरुवा गाउपालिकाको १० आंै गाउँसभा सम्पन्न( पुर्णपाठ)


बर्दिया गेरुवा
गेरुवा गाउँपालिकाको १० औं गाउसभा सम्पन्न भएको छ ।    समृद्ध गेरुवा गाँउपालिका निर्माणको आधार कृषि पर्यटन र पूर्वाधार दिर्घकालिन सोच लिदै आर्थिक बर्ष २०७८/७९को लागि व्यय तर्फ सघिय सशर्त अनुदान रु २२ करोड ६७ लाख, अन्य संघिय निकायतर्फ अनुदान रु १ करोड २५ लाख ४६ हजार, सामाजिक सुरक्षा कार्यक्रम तर्फ ७ करोड २३ लाख ५६ हजार, प्रदेश सरकारबाट सशर्त अनुदान रु २ करोड ९५ लाख ४४ हजार, गाउपालिका तर्फ रु १४ करोड ५३ लाख ७५ हजार वडा तर्फ रु ७ करोड २० लाख र बिषयगत क्षेत्र तर्फ रु ५ करोड ७५ लाख ८६ हजार गरी जम्मारु ६२ करोड २८ लाख ९७ हजारको बजेट प्रस्तुत गरिएको छ ।

गाउँपालिका अध्यक्ष जमान सिह केसीको अध्यक्षतामा भएको १० औं गाउसभामा बजेट वक्तव्य प्रस्तुत गदै गेरुवा गाउपालिकाका उपाध्यक्ष हिमा कुमारी थारुले गेरुवा गाउपालिकाको १० औ गाउ सभाबाट कोभिड १९बाट निधन भएका परिवारलाई काजक्रिया खर्चको लागि प्रति परिवार रु २५ हजारको दरले दिने व्यवस्था मिलाएको छ ।
स्वास्थ्य सेवामा आम नागरिकको पहुँच वृद्धि गर्ने, शिक्षा लगायत सामाजिक क्षेत्रको विस्तार र विकास गर्ने, कोभिड १९ रोगको संक्रमणबाट जोगिन स्वास्थ्य सस्थाहरुलाई व्यवस्थित बनाउने , कृषि तथा पशु क्षेत्रमा उत्पादनका साधनमा सरल पहूच नविनतम प्रबिधी उपयोग बढाउदै, गाउपालिकालाई कृषिमा आत्मनिर्मर बनाउने , आर्थिक सामाजिक क्षेत्रको समग्र विकासमा टेवा पुग्ने गरी दिगो पुर्वाधार विकासमा जोड दिने, सुचना प्रविधिको विकास र उपयोगमा जोड दिने, बजेट तथा कार्यक्रम कार्यान्वयन मा क्षमता अधिवृद्धिगराउने आर्थिक बर्ष २०७८/ ७९को बजेटले प्राथमिकता दिएको छ ।

Insert your Ads code here

शिक्षा सरसफाई खानेपानी लगायतको लागि सशर्त अनुदान बाहेक थप रु ३करोड ४७ लाख ७५ हजार, आर्थिक विकास क्षेत्र भित्र पर्ने कृषि विकास पशु सेवा लगायत तर्फ सर्शत अनुदान बाहेक रु ४५ लाख १ हजार , कोभिड १९ को नियन्त्रण रोकथाम विपद व्यवस्थापनको लागि रु १करोड ५० लाख, गेरुवा गाउपालिकाको विविध पुर्वाधार विकास कार्यका लागि रु २३ लाख १० हजार, न्यायिक समितितर्फ विभिन्न कार्यक्रम संचालनको लागि रु १० लाख, वडाहरुको सडक कालोपत्रे, सडक स्तरोन्नती कार्यका लागि रु ४ करोड ९० लाख, गाउपालिकाले विविध कार्यक्रमहरु सचालनको लागिरु ६७ लाख ९० हजार, वडाहरुले विभिन्न कार्यक्रमहरु संचालनका लागि रु २ करोड ३० लाख स्वास्थ्य तर्फ महिला स्वास्थ्य स्वयसेविकाको मासिक बैठक आमा समुह बैठक, खोप क्लिनिक गाँउघर क्लिनिकमा सहयोग गरे वापत यातायात खर्चको लागि रु ११ लाख, स्वास्थ्य सस्थाहरुमा निःशुल्क औषधी बितरणका लागि औषधी अभाव हुन नदिन सर्शत अनुदान रु १३ लाख ५० हजार गाउपालिकाबाट रु १० लाख थप गरी रु २३ लाख ५० हजार, शिक्षा तथा खेलकुल तर्फ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता संचालन र व्यवस्थापनका लागि रु १९ लाख, स्थानिय दरबन्दीमा कार्यरत शिक्षकहरुलाई तलब तथा पोशाक भत्ताको लागि रु १ करोड २५ लाख, बालबालिका सहजकर्ता कर्मचारीहरुको तलब भत्ताको लागिरु ८१ लाख, विद्यालय सार्वजानिक सरचना निर्माण तथा मर्मत सम्भारकार्यको लागि रु १० लाख, बन्जरिया नमुना शिशु स्याहार केन्द्र सचालन र व्यवस्थापनका लागि रु ५ लाख, पाठयपुस्तक वितरणका लागि रु १४ लाख, सामाजिक विकास तर्फ गाउपालिकामा खानेपानी सरसफाई तथा फोहोर मैला व्यवस्थापन अभियानका लागि रु ४ लाख, गाई उद्दार केन्द्र गौशाला व्यवस्थापन तथा संचालनका लागि रु १० लाख आर्थिक विकास क्षेत्र तर्फ एक वडा एक कृषि फर्म , प्लास्टिक टनेल र थोपा सिचाई कार्यक्र, लगायतका लागि रु १४ लाख २५ हजार, आइ पी एम कृषक पाठशाला संचालन जैविक विषादी तथा कम्पोष्ट मल निर्माण तालिम विउ उत्पादनका लागि सर्शत रकम रु १८ लाखमा थप रु ७ लाख ५० हजार गरी रु २५ लाख ५० हजार , व्यवसायिक फलफुल खेती कार्यक्रम बेसार खेती कार्यक्रमका लागि रु ४लाख, पशु विकास तर्फ पशु स्वास्थ्य सेवाका लागि रु १२ लाख ६० हजार एकल महिला असहाय विपन्न परिवारको सदस्यहरुलाई उन्नतजातको चल्ला वितरण , बर्षे घास अुदान, गोवर परीषण हिउदे बर्षिक अनुदान, जुनेसिस रोग शिक्षा कार्यक्रमका लागि रु ५ लाख ६५ हजार , पुर्वाधार तर्फ नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान कार्यक्रमलाई कार्यान्वयन गर्न रु ४ करोड, नेपाल सरकार बाट जनकनगर देखी कानपुर सडक कालोपत्रे योजनाको थप विस्तार का लागि समपुरक अनुदान तर्फ बाट रु १ करोड ५२ लाखमा थप गरी रु ३ करोड ४ लाख, शहिद स्मृती पार्कको निर्माणका लागि रु ५० लाख, लुम्बिनी प्रदेश सरकारबाट पाताभार –बालुवाटार शान्तिबजार सडक कालोपत्रे योजनाको लागि समपुर अनुदान रु १ करोड ५० लाखमा थप गाउपालिकाबाट गरी रु ३ करोड, गेरुवा गाँउपालिकाले अन्य विकास साझेदारी निकायहरु संग सहकार्यमा कार्यक्रम तथा योजनाहरु सचालन गर्न रु ४२ लाख, वन्यजन्तुको निरन्तर आत्रलमणबाट गेरुवा गाउपालिकामा मानविय आर्थिक सामाजिक क्षती लाई न्युनिकरण गर्न राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रसंग करिव ३६ किमी सिमामा मेस वायर निर्माणको लागि रु १ करोड ५० लाख, वडा नं ४को भवन निर्माण सम्पन्न गरी संचालनमा ल्याउन रु १ करोड ६५ लाख, नमुना विद्यालय एकप्रिय माविमा ल्याव व्यवस्थापन तथा क्रमागत भवनको निर्माण कार्यलाई सम्पन्न गर्नका लागि सर्शत अनुदान प्राप्त रकम रु १ करोड ५० लाख विनियोजित गरिएको छ ।
गेरुवा गाउपालिकाको १० आंै गाउँसभा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतबिष्णु प्रसाद गुरुङ्ग लगायत १ देखी ६ वटै वडाका अध्यक्षहरु कार्यपालिका सदस्यहरु तथा सदस्यहरु, विभिन्न समिति तथा उपसमिति, शाखाका पदाधिकारीहरु, पत्रकारको उपस्थिति रहेको थियो ।

 

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!