Loading... आजः शनिबार , श्रावण १२, २०८१

गोक बजारमा खाद्यान्न बितरण


बिजनबारी, 13 मई। दार्जीलिङ जिल्लाको गोकबजारमा सीआइटीयूमार्फत् पावरग्रीड इम्पलोइज युनियन सिलीगछीको सहयोगमा प्राप्त २० पाकेट मयुर चामल, २०० किलोलोग्राम आलु, १०० किलोग्राम पियाज 50 किलोग्राम मसुरदाल र ५० किलोग्राम खानेतेल, गरिबअनि आर्थिक बिपन्न १०७ परिवारलाई सीपीआई(एम०) गोक शाखा र अन्य संगठनहरुको तत्परतामा गोक बजार समाजको सहयोगमा वितरण गरियो।
जिल्ला सचिव मण्डली सदस्य के बी वातर एआइकेएस जिल्ला कमिटी सदस्य शिवकुमार राई लगायत गोबिन्द राई, विकास कालिकोटे, चित्रबहादुर राई, आसबहादुर राई, बिगेन्द्र तामाङ विशेष उपस्थितमा खाद्यान्न बितरण गरिएको छ।

मानवताको नातामा लकडाउनको चपेटमा परेको निम्न आयवर्गका मानिसहरूलाई खाध्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएकोमा दानदातावर्ग र पुलिस प्रशासनलाई पनि केबी वातरले धन्यबाद ज्ञापन गरेका छन्। उनले गोकबजार समाजको कर्णधारहरू साथै सिटु दार्जीलिङ जिल्ला कमिटीलाई पनि आभार प्रकट गरेका छन्। (सञ्जय निरौला)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!