Loading... आजः शनिबार , श्रावण १२, २०८१

गोजमुमोले दर्ता गऱ्यो “गोर्खा ध्वनी” विरूद्ध मानहानीको मुद्दा


दार्जीलिङ, 7 मार्च। भारतीय गोर्खाहरूको निम्ति छुट्टै राज्य गोर्खाल्यण्डको मागलाई लिएर भूमिगत बन्न परेको गोर्खा जनमुक्ति मोर्चाका अध्य़क्ष विमल गुरुङ अनि महासचिव रोशन गिरीले गोर्खाल्याण्ड माग विरोधी बङ्गाल सरकारसित मिल्ने प्रयास गरिरहेको आशयको समाचार प्रकाशित गर्ने सामाजिक सञ्जाल “गोर्खा ध्वनी” लाई दिएको अल्टिमेटम पुरा भएर पनि माफी नमागेपछि गोर्खा जनमुक्ति मोर्चाले “गोर्खा ध्वनी” का सम्पादक विरूद्ध मानहानीको मुद्दा लगाएको छ।

यसबारे गोजमुमोले एउटा प्रेस बयान जारी गर्दै “गोर्खा ध्वनी” नामक फेसबुक पेजले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ अनि महासचिव रोशन गिरीलाई बदनाम गराउने उदेश्यले जुन खबर आफ्नो पेजबाट सम्प्रेषण गरेको थियो त्यस बापत गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको पक्षबाट २४ घण्टाभित्र माफी माग्नु पर्ने अल्टिमेटम दिइएको थियो। त्यस अल्टिमेटमको समय पार भईसक्दा पनि उक्त फेसबुक पेजबाट अधिकारिक रुपमा माफी नमागेकोले गर्दा आज नयाँ दिल्लीबाट त्यस पेजको संचालक सम्पादक संजीव दाहाल बिरुद्ध गोर्खा जनमुक्ति मोर्चा पार्टीको पक्षबाट मानहानी मुद्दाको कानुनी प्रक्रिया शुरु गरिएको बताइएको छ। विज्ञप्तिमा उक्त खबरलाई बढ़ाई – चढ़ाई गरेर फेसबुकमा सेयर गरेर गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ अनि महासचिव रोशन गिरीको सम्मानमा चोट पुराउन कोशिष गरेको कारणले सिलगढी निवासी एस.पि. शर्मा बिरुद्ध पनि मानहानी मुद्दाको प्रक्रिया शुरु गरियो भनि बताइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!