Loading... आजः आइतबार , बैशाख १४, २०८२

गोजमुमो कर्नाटका बेंगलुरु शाखाद्वारा बलिदान दिवस पालन


बेङ्गलुरू, 25 अगस्त। बिमल गुरूङको नेतृत्वमा रहेको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) बेंगलूरु शाखाको तत्वावधानमा बलिदान दिवस पालन गरियो। गोजमुमो कर्नाटक राज्य सभापति मन कुमार सुब्बाद्वारा अमर शहीद मेजर दुर्गा मल्लको तस्वीर अघि दिप प्रज्वलन गर्दै सभा आरम्भ गरेको थियो।
आजको सभामा गोर्खाल्याण्ड प्रेमी गोर्खा सन्तानको ठुलो भिड नै ओर्लिएर सभामा उपस्थिति दिएका थिए भने सभा कक्षमा जय गोर्खा, जय गोर्खाल्याण्ड र जय बिमलको नाराले सभा स्थलको माहौलमा धेरै उर्जा थपिएको थियो।
गोजमुमो कर्नाटक राज्य सह सचिव दिपक थापाद्वारा स्वागत भाषण राखिएको सभालाई गोर्खा जनमुक्ति युवा मोर्चा बेंगलूरु शाखा उपाध्यक्ष किस्मत दाहालले सञ्चालन गरेका थिए।
सभालाई सम्बोधन गर्दै वक्ताहरुले शहिद मेजर दुर्गा मल्लको जीवनी, भारत स्वतन्त्रता आन्दोलनमा गोर्खा सपुतको त्याग र बलिदान अनि आजको दिनमा शहिद दुर्गा मल्लको सन्तान अर्थात् गोर्खा जातिले भोग्नु परिरहेको दुःख कष्टहरूबारे सभामा उपस्थित जनसमुदायलाई अवगत गराएको छ।
सभामा मुख्य रुपले गोर्खा जनमुक्ति मोर्चा दक्षिण भारत मुख्य संयोजिका सुश्री लक्ष्मी घिसिङ, गोजमुमो बेंगलूरु शाखा अध्यक्ष मन कुमार सुब्बा, सचिव बिपेन छेत्री, उप अध्यक्ष आकाश लामा, बेंगलूरु शाखा प्रवक्ता रमेश राई, युवा मोर्चा बेंगलूरु शाखा अध्यक्ष सन्दिप छेत्री, युवा सचिव सलिम सुब्बा साथै सल्लाहकार प्रदीप गुरुङले सभालाई सम्बोधन गरेको थियो।
यसको साथै संगठनलाई अझ दरिलो बनाउने हेतु कमनहल्ली प्रशाखा गठनको प्रक्रिया सुरु गर्दै शाखा उप अध्यक्ष आकाश लामालाई जिम्मेवारी सुम्पिएको छ भने एलेक्स लेप्चालाई कमनहल्ली प्रशाखा संयोजक चयन गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!