Loading... आजः शनिबार , चैत्र १, २०८१

गोर्खाहरू निम्ति हाम्रो सङ्कल्प पुरा गरेर न्याय दिलाएरै छाड्नेछौः जेपी नड्डा


नयाँ दिल्ली, 17 जुलाई। बिमल गुरुङको नेतृत्वमा रहेको गोर्खा जनमुक्ति मोर्चा( गोजमुमो) को प्रतिनिधिगणले भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जे.पी.नड्डा र राष्ट्रिय महासचिव बी.एल.सन्तोषसित भारतीय जनता पार्टीको केन्द्रिय कार्यालयमा सौहार्दपूर्ण भेटघाट गरेको प्रेस बयान जारी गरेर जानकारी दिएको छ।
उक्त भेटघाटमा प्रतिनिधिवर्गले गोर्खाहरुको छोडिएको उपजातिहरुलाई जनजातिको सूचीमा अन्तर्भुक्त गरिनुपर्ने र स्थायी राजनैतिक समाधान ( जुन भाजपाको २०१९ लोकसभाको संकल्पपत्रमा समावेश गरिएको छ) लाई यथाशिघ्र २०२० भित्र समाधान गरिदिनुपर्छ भनी वृतान्त जानकारी गराएको अनि अध्यक्ष र महासचिवद्वयले गोजमुमो प्रतिनिधि टोलीको कुरा ध्यानसित सुनेको प्रेस बयानमा उललेख छ। प्रतिनिधिहरूको कुरा सुनिसकेपछि अध्यक्ष र मबहासचिवले सकरात्मक आश्वासन दिएको बताइएको छ। उनीहरूले -“जतिपनि संकल्पपत्रमा समावेश गरिएको कुराहरु हाम्रो सरकारले लगातार पुरा गर्दै आइरहेको तर गोर्खाहरुको मांगप्रति संकल्पपत्रमा समावेश दुवै विषयलाई सरकारपक्षले सम्बोधन गर्न बिलम्ब भइरहेको महशुष गरिरहेका छौं । हामी तपाईहरुको सम्पुर्ण उत्पिडनको ब्याथासित चिरपरिचित छौं । हाम्रो पार्टी दृढ़ संकल्पित छ अनि अवश्य पनि हामी हाम्रो संकल्प पुरा गरेर, तपाईहरुलाई न्याय दिलाएरै छाड्ने पक्षमा छौ ।” भनि बताएको प्रेस विज्ञप्तिमा दाबी गरिकेओक छ। उनीहरूले देशमा धेरै कुराहरुको निर्णय लिँदा केही बिलम्ब भयो त्यसको निम्ति बिचलित नबनीदिने आग्रह गरेको बताइएको छ। प्रतिनिधिहरुमा गोजमुमोको सांगठनिक सचिव निमा तामाङलगायत डा.बिन्नु सुन्दास,दिल्ली क्षेत्र प्रतिनिधि पनि साथमा रहेका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!