Loading... आजः बुधबार , मंसिर १९, २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म थपियो


भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म लम्ब्याइएको छ। चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा निर्माण अवधि पाँचौपटक थपिएको गोरखापत्र अनलाइनले लेखेको छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार चौथोपटक विमानस्थल निर्माणको अवधि थपिएको हो। यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाईको मुख्य कारण बनेको छ। अव भने थपिएको समयभित्रै निर्माण कार्य सम्पन्न हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो।

३१ मार्च २०२० मा निर्माण सक्ने लक्ष्य राखिएकोमा असहज परिस्थितिका कारण काममा ढिलाइ हुँदा नौ महिना म्याद थप भएको उहाँले बताउनुभयो। प्राधिकरणका अनुसार डिसेम्बरमा निर्माण सकिएमा त्यसपछि सञ्चालनपुर्वको तयारीका लागि करिव तीन महिना समय लाग्नेछ।

Insert your Ads code here

अव बीचमा कुनै अवरोध नभए नौ महिनाभित्र विमानस्थलमा व्यावसायिक उडान हुने पोखरेलले बताउनुभयो। विमानस्थल बिस्तार आयोजनाका अनुसार बन्दाबन्दीको अवधिमा विमानस्थल निर्माणको करिव तीन प्रतिशत भौतिक प्रगति थपिएको छ। अहिले विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ। राष्ट्रिय गौरवका आयोजना मध्ये गौतमबुद्ध विमानस्थल नै पहिलो आयोजनाको रुपमा निर्माण सम्पन्न हुने तयारीमा पुगेको छ।

आयोजनाका अनुसार अहिले रनवे लाईट जडानको काम अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी कार्य जारी छ। बन्दाबन्दीकै बीचमा करिव पाँच करोड रुपियाँ मुआब्जा वितरणमा खर्च भएको आयोजनाले जनाएको छ। विमानस्थल निर्माणमा अहिले २९ चिनियाँसहित २७५ चिनियाँ कामदार खटिएका छन्।

बन्दाबन्दी भएपछि करिव एक महिना भने विमानस्थल निर्माणको काम पुरै रोकिएको थियो। तर राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई साढे दुई महिनादेखि निरन्तरता दिएको छ।

चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन २०१४ डिसेम्बर ३१ मा छ अर्व २२ करोड ५१ लाख २० हजार दुईसय २७ रुपियाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो। सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुको सम्झौता थियो।

एसियाली विकास बैंकको क्रृण सहयोगमा निर्माण भैरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा ठूलो हुने छ। जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भैरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!