Loading... आजः शनिबार , श्रावण १२, २०८१

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल बनाइने


गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन बन्ने भएको छ। नेपाल सरकारले विमानस्थलमा आधुनिक स्तरको टर्मिनल बनाउन विभिन्न डिजाइन तयार पारेको नेपाल खबर अनलाइनले लेखेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकणका निर्देशक इन्जिनियर प्रदिप अधिकारीले आधुनिक भवन बनाउन डिजाइनको काम अघि बढेको बताउनु भएको छ। उहाँले कस्तो डिजाइनको टर्मिनल भवन बनाउने भन्ने विषयमा छलफल चलिरहेको बताउनु भएको छ।’अहिले एउटा टर्मिनल भवन रहेको छ। अहिले त्यसबाटै आन्तरिक र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिन्छ’ उहाँले भन्नुभयो ‘यात्रुको चापको आधारमा आन्तरिक र अन्तर्रास्ट्रिय छुट्टाछुट्टै प्रयोगमा ल्याइन्छ।’उहाँले अन्तर्राष्ट्रिय विमानस्थलमा ३-४ वटा सम्म टर्मिनल भवन हुने गरेको बताउनुभयो।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले गौतम बुद्ध अन्तर्रास्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु भएको बताउनु भएको छ। उहाँले त्यसका लागि प्रस्तावित विभिन्न डिजाइन सामाजिक सञ्जालमा राखी सुझाव समेत माग गर्नु भएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!