Loading... आजः शनिबार , श्रावण १२, २०८१

ग्यारेजभित्र रोकी राखिएका माइक्रोबसहरुमा अागलागी


काठमाडौंको गोंगबु स्थित नयाँ बसपार्कमा आज बिहान १२ वटा माइक्रोबसमा आगलागी भएको छ।

ग्यारेजभित्र रोकी राखिएका माइक्रोबसहरुमा आगो लागेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। आगलागिबाट ८ वटा माइक्रोबस पूर्ण रुपमा क्षति भएको र ४ वटा बस आंशिक रुपमा जलेको प्रहरीले जानकारी दिएको छ। रोकेर राखेका बसहरुमा आगो कसरी लाग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाइएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!