Loading... आजः शनिबार , श्रावण १२, २०८१

ग्रामीण क्षेत्रमा बसोबासो गर्ने आरसीधारकहरूले आरसीको सुविधा पाएको छैनः हेमन्त निरौला


गान्तोक 17 सितम्बर। सिक्किममा राज्य सरकारले पुराना रैथानेहरूलाई सिक्किम सब्जेक्टधारीले सरह कतिपय अधिकार प्रदान गर्नको निम्ति जारी गरेको रेसिडेन्सियल सर्टिफिकेट (आरसी) ग्रामीण क्षेत्रमा काममा नाआएको गुनासो अघि आएको छ। यसबारेमा राजधानी गान्तोकमा आरसी धारकहरूको संगठन पुराना रैथाने कल्याण संगठनका ग्रामीण क्षेत्रका अध्यक्ष हेमन्त निरौलाले आज राजधानीमा पत्रकारहरूसित कुराकानी गर्दै बजारे आरसीधारकहरूले पाउने विभिन्न सुविधा गाउँ-बस्तीका आरसीधारकहरूले नपाइरहेको बताए। सरकारले आरसी धारक भन्दा केवल शहर बजारमा बस्ने पुराना वासिन्दाहरूलाई सोच्ने गरेको तर धेरै सङ्ख्यामा पुराना वासिन्दाहरू गाउँ-बस्तीमा बस्ने गरेको उनको भनाइ रहेको थियो।

निरौलाले गाउँले आरसी धारकहरूको पक्षमा सरकार समक्ष केही माग राखेका छन् जसमा गाउँ बस्तीमा बाबु-बाजेले किनेका जमीन आफ्नो नाममा सार्न तथा बेच्न पाउनुपर्ने, स्वास्थ्य सुविधा पाउनुपर्ने, पञ्चायत चुनाउमा उठ्न पाउनुपर्ने आदि प्रमुख रहेको छ। गाउँ बस्तीका आरसी धारकहरूले ओबीसी एसटी, एससी प्रमाण पत्र साथै व्यापार लाइसेन्स आदि पनि बनाउन नपाइरहेको निरौलाको भनाइ रहेको छ। जबकि शहर बजारमा बस्ने आरसी धारकहरूले यी सुविधा उपभोग गरिरहेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!