Loading... आजः शनिबार , श्रावण १२, २०८१

ग्राम प्रशासन केन्द्रको तत्परतामा भूतपूर्व पञ्चायतहरू सम्मानित


सोरेङ, ७ दिसम्बर । पश्चिम सिक्किमको सोरेङ-च्याखुङ समष्टिको टिम्बुरबुङ ग्राम प्रशासनिक केन्द्रले सम्बन्धित ब्लकका समाजसेवी अनि भूतपूर्व जिल्ला र ग्राम पञ्चायतहरु गरेर मोठ २४ जना व्यक्तित्वहरुलाई सम्मानित गरेको छ। उक्त सम्मान पश्चिम जिल्लाकी जिल्ला पञ्चायत अध्यक्षा देविका सुब्बा र मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माको बहूलीबाट प्रदान गरिएको छ। यस ऐतिहासिक कार्यक्रममा जिल्ला पञ्चायत अध्यक्षा देविका सुब्बा प्रमुख अथितिको रूपमा उपस्थित थिइन्। उनको साथमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, स्थानीय जिल्ला पञ्चायत सदस्य सावित्री घिताल, सम्बन्धित ब्लकका पञ्चायत सभापति बुद्धिमान सुब्बासहित सम्पूर्ण पञ्चायतगण, लोवर टिम्बुरबुङ स्कुलका प्रधानाध्यापक पारुहाङ सुब्बा, सिनियर भा एवं सचिव हेम बहादुर गुरुङ, नागरिक र गैरसरकारी संस्थानका प्रतिनिधिगण, समाजसेवी, वरिष्ठ नागरिकगण र स्थानीय नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो।

आज सम्मानित हुने भूतपूर्व जिल्ला पञ्चायतहरुमा शेर बहादुर कार्की, यूके शर्मा, रेनुका शर्मा र लोक प्रसाद दाहाल अनि सम्मानित भूतपूर्व पञ्चायतहरुमा क्रमशः एमबी सुब्बा, सुनिता दाहाल, राज वीर सुब्बा, आरएस सुब्बा, पीबी सुब्बा, संगीत सुब्बा, सीता माया सुब्बा, सीएम सुब्बा, चन्द्र हाङ सुब्बा, आरएल सुब्बा, सुनिता प्रधान, सीबी कार्की, जीएस कार्की, प्रेम कुमारी शर्मा, चन्द्र माया सुब्बा, नवल प्रसाद धिताल, अम्रिता धिताल र खुसेन्द्र प्रसाद दाहाल सामेल छन्। यसरी नै समाजमा सकारात्मक, सिर्जनात्मक र रचनात्मक विकासमा अतुलनीय योगदान पुर्यादएबापत समाजसेवी वयोवृद्ध रुद्रलाल भट्टराईलाई पनि ग्राम पञ्चायत एकाईले सम्मानित गरेको छ।

सम्बोधन गर्ने क्रममा विशिष्ट अथिति मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले वर्तमान सिक्किम सरकार पारदर्शी सरकार चलाउन चाहान्छ भने। उनले अघि भने, सबैले ऐना जस्तो सफा काम गर्नुपर्छ। सरकारले पार्टी नहेरी आवश्यकता हेरेर गरीबलाई सहुलियत वितरण गर्नेछन्। केहि दिन पश्चात् कार्यक्रम बनाएर क्षेत्र विधायकसँग हामी गाउँमा गएर घर घरमा घुम्ने छौं। वहाँहरुको आवश्यकता हेरेर सहुलियत वितरण गर्ने छौं, प्रेस सल्लाहकार शर्माले सम्बोधनमा यसो भने। अर्कोतिर सल्लाहकार शर्माले ग्राम पञ्चायत एकाईको वार्षिक बुकलेट निकाल्न जरुरी रहेको सुझाव राख्दै यसो गर्नाले आफ्नो ब्लकमा एक वर्ष भित्रमा के कति विकास हुन सक्यो, सहुलियतबाट कतिजना लाभान्वित भए अनि के कति उपलब्धि हासिल गर्न सकियो भन्ने कुरा सबैमा छर्लङ्ग हुने बताउँदै सल्लाहकार शर्माले ग्राम स्तरबाटै काम ऐना जस्तो हुनुपर्छ भन्ने अभिव्यक्ति प्रकट गरे। सल्लाहकार शर्माले स्थानीय पञ्चायतलाई ब्लक भित्रका सबै बिमारीहरुको डाटा तयार पर्ने सुझाव राख्दै यसो गर्नले कहाँ कुन घरमा को को के रोगले ग्रसित छन् भन्ने कुरा सरकारलाई थाहा हुने बताउँदै सरकार प्रत्येक जनताको स्वास्थ्यमाथि गम्भीर रहेको बताए।

सम्मान समारोह कार्यक्रमका मुख्य अथिति जिल्ला पञ्चायत अध्यक्ष देविका सुब्बाले सम्बोधन गर्ने क्रममा टिम्बुरबुङ ग्राम पञ्चायत एकाई समाजसेवी अनि भूतपूर्व जिल्ला र ग्राम पञ्चायतहरुलाई आफ्नै राजस्वबाट सम्मान र लाभार्थीहरुलाई सहुलियत वितरण गरेकोमा बधाई दिँदै यस्ता कार्यक्रमहरुको आयोजनाले अरुलाई पनि अभिप्रेरणा मिल्ने अनि वहाँहरुको कामको पनि मूल्यांकन हुने बताए। सरकारले क्षमतालाई विकेन्द्रीकरण गरेर पञ्चायतलाई शक्ति हस्तान्तरण गरेको मन्तव्य जाहेर गर्दै पञ्चायतहरुलाई पञ्चायती राज प्रणालीको सहि सदुपयोग जनहितमा गरिदिने उनले आह्वान गरिन्। कार्यक्रममा पञ्चायत सभापति बुद्धिमान सुब्बा, पूर्व जिल्ला पञ्चायत सदस्य यूके शर्मा र पूर्व पञ्चायत सचिव नवल प्रसाद धितालले पनि सम्बोधन गरेको थियोे।

आजै कार्यक्रमबिच ३० जना लगनशील कृषकहरुलाई ग्राम प्रशासनिक केन्द्रले पोलि पायप र सिन्ट्यस पनि मुख्य अथिति र विशिष्ट अथितिको बहूलीबाट प्रदान गरियो। उक्त सहुलियत ग्राम पञ्चायतले आफ्नै राजस्व (ओएसआर)-बाट प्रदान गरिएको बताइएको छ। (सरोज गुरुङ)

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!