Loading... आजः शनिबार , श्रावण १२, २०८१

ग्रेटवालको झल्को दिने गरी सिन्धुपाल्चोकमा लामो पर्खाल बनाइँदै


सिन्धुपाल्चोकमा ह्योल्मो परम्पराको धर्मचक्र पर्खालअनुसार धमाधम बन्दै गरेको सम्भवतः ग्रेटवालको झल्को दिने ‘हिमालयन ग्रेट ट्रेल’ मा पुग्ने जो कोही दंग पर्छन् । हेलम्बु गाउँपालिकाले हिमाली क्षेत्र घोप्टेघ्याङमा विश्वकै अग्लो चिनको ग्रेटवालको अनुसरण गरी बनाइरहेको ६० किलोमिटरमा एक सय १० मिटरको काम सकिसकेको छ। हेलम्बु सरकारको ‘हिमालयन ग्रेट ट्रेल’ पुगेपछि वरिपरिका डाँडा र प्राकृतिक संरचनाले जसलाई पनि तान्छ ।

पर्यटकीय गुरुयोजनाअन्तर्गत ठूलो योजना ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ को डीपीआर सकेलगत्तै कामलाई तीव्र बनाइएको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताउनुभयो। घोप्टेघ्याङमा एक सय १० मिटरको काम सकेर हालै नागिडाँडा–शेर्माथान र शेर्माथानबाट गुरु रेन्पोछे डाँडासम्म झन्डै चार सय मिटर संरचनाको काम थालिएको छ।

हेलम्बुको बुद्धपार्कबाट सुरु हुने पर्यटकीय ट्रेल शेर्माथाङ–ज्योमथाङ हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बुको सीमाक्षेत्र (ह्योल्मो परम्पराकी धनकी देवी) आमायांग्री क्षेत्रसँग जोडिनेछ । त्यहींबाट ढुक्पु–भेमेथाङ अर्थात् (गुरु रेन्पोछे तपस्यास्थल) –पासाङसिरी– गुफुपोखरी– जलंसा– दवालाङ्गगुफा–सेमीसिदाङ्ग हिमाल क्षेत्रमा पुग्नेछ । भौगोलिक अवस्थालाई नबिगारीकन निर्माण गर्न लागिएको हेलम्बु ट्रेलमा रुख नहुने स्थानमा वृक्षरोपण गरिने अनिवार्य नियम बनाइएको कान्तिपुर अनलाइनले जनाएको छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!