Loading... आजः शनिबार , श्रावण १२, २०८१

ग्रेफको लापरवाहीले बोझोघारी सङ्कटमा


गान्तोक, 25 मई। राजधानी गान्तोक नजिक बोझोघारी फाटक क्षेत्रमा रहेको उत्तर सिक्किम हाइवेको रख-रखाउमा ग्रेफको लापरवाहीले गर्दा वर्षामा धेरै क्षति हुने देखिएको छ । बोझोघारी फाटकदेखि यदा उत्तर सिक्किम हाइवेमा कहीँपनि नालीको व्यवस्था नभएको कारण सडकमा खोला बगेसरी पानी बग्न गर्छ भने सडक किनारमा रहेको वाहनहरू बडाउने तथा भलले पुर्ने गरेको छ।
यसरी नै उक्त क्षेत्रमा निर्माणाधिन रहेको घरहरूमा भल पसेर भवितव्य निम्त्याउनसक्ने देखिएको छ। दुई दिनदेखि लगातार परिरहेको झरीको कारण आएको भलले वाहनहरू क्षतिग्रस्त पारेको छ भने निर्माणाधिन घरमा धेरै क्षति पुगेको छ। स्थानीय जनताले ग्रेफ र सम्बन्धित निकायलाई अवगत गराउँदै सडक किनारामा सहीरूपमा नालीको व्यवस्था गर्ने माग गर्दै आएको भएपनि सडक निर्माता ग्रेफले कानमा तेल हालेर बसेपछि वर्षालाग्नु अघि नै समस्या शुरु भएको गुनासो गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!