Loading... आजः बुधबार , माघ ९, २०८१

घर फर्किआएकाहरूलाई जैविक कृषि क्षेत्रमा सम्भावना सिर्जना गरेर आर्थिक महामारीबाट राहत दिनुपर्छः पीडी राई


गान्तोक, 2 जुन। सिक्किमको पूर्व लोकसभा सांसद पीडी राईले कोविड 19 को महामारीले ल्याएको आर्थिक महासंकटबाट राज्यलाई निकाल्ने दिशामा गर्नुपर्ने विभिन्न पहलबारे सुझाउ राखेका छन्। उनले तादोङ स्थित निजी निवासमा पत्रकारहरूसित कुराकानी गर्दै भने राज्य सरकारको निम्ति अहिले मुख्य चुनौती भनेको बाहिरबाट फर्किआएकाहरूको निम्ति गर्नुपर्ने विभिन्न व्यवस्थाहरूको छ। फर्किएकाहरूलाई स्वागत गर्नुपर्छ उनीहरू देशको विभिन्न भागमा कठीन परिश्रम गरिरहेका थिए उनीहरूले आफ्नो परिवारलाई आर्थिक सहयोग पनि पठाइरहेका थिए तर उनीहरू फर्किआएपछि भने आर्थिक समस्याको रूपमा अघि आउनेछ। यसलाई समाधान गर्नको निम्ति राज्य सरकारले पहल गर्नुपर्ने बताए। उनले भने, सबै राज्य सरकारहरूले इकोनमिक रिभाइभल कमिटि गठन गरेको छ त्यो समितिले मुख्य रूपमा पर्यटन व्यावसाय ध्यान केन्द्रित गरेको छ होटल, ट्राभल एजेन्टमा तर सिक्किमको कृषि क्षेत्र जसलाई जैविक कृषिको रूपमा विकास गरेको छ त्यसमा अहिले धेरै अवसरहरू हुनेछ फर्किआएकाहरूलाई कृषि क्षेत्रमा संलग्न गराउनुपर्छ। कृषि क्षेत्रले धेरै सम्भावना बोकेको छ, पूर्व सांसद राईले भने। त्यसैगरि अन्तिम क्षेत्रको रूपमा पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भने यसैगरि सिक्किममा भएको विद्युत उत्पादन क्षेत्रलाई पनि अघि बढाउन सकिन्छ। अहिले देशभरि विद्युतको माग हुनेछ यद्यपी अहिले कम्ती दाम रहेको छ। हामीमा भएको विद्युतलाई भविष्यको निम्ति प्रयोग गर्नुपर्छ उनले भने।
अर्कोतिर पञ्चायतहरूको अधिकार कटौती गर्ने ग्रामिण प्रबन्धन विभागको अधिसूचनाले बीडीओलाई दिएको अधिकारबारे बोल्दै पञ्चायतहरूको अधिकार कटौती गलत रहेको छ। पञ्चायतहरू जनताको प्रतिनिधि हुन् तर बीडीओ पञ्चायतको प्रशासनिक अंग हुन सरकारले यसबारे संसोधन गर्नुपर्छ यस्तो निर्णयले समस्या सिर्जना गर्छ, उनले थपे। यसैगरि राज्यमा सत्ता सम्हालेको एसकेएम पार्टीको सरकारबारे सोधिएको प्रश्नको जवाफमा उनले भने, उनीहरूले एक साल पुगेको अवसरमा गर्व बोध गर्नसक्छ तर महामारीले गर्दा केही हुनसकेको छैन यसबारेमा मन्तव्य गर्नु साँच्चै हतार हुनेछ।
अर्कोतिर कोविड 19 बारे सिक्किम सरकारको पहल राम्रो रहेको बताए। उनले भने,केन्द्र सरकारको प्रधानमन्त्रीको प्रयासमा लकडाउन शुरु गरियो सिक्किमले पनि प्रधामन्त्री कार्यालय र गृह मन्त्रालयबाट आएको निर्देशहरूलाई पालन गऱ्यो। जसमा सिक्किम राज्य र जनताले पनि पालन गऱ्यो। अहिले सिक्किमबाहिर रहेकाहरू फर्किरहेको छ विभिन्न मुद्दाहरूलाई राम्रो सित समाधान गरेको छ। अस्पतालमा अहिले आरटीपीसीआरबाट जाँच हुनुथाल्यो राम्रो हो। आर्थीय सुधारको निम्ति योजनाको कमी छ भाजपा सरकार गठनपछि योजना आयोग मासेर नीति आयोग गठन गरियो। यसैगरि राज्यमा पनि अहिले आर्थिक सही रूपमा कमजोर भएको पनि बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!