चकनाचुर मेरा सपना
अजुन सुवेदी
हिजो बिद्यार्थी हुदा तत्कालीन अबस्थामा भुमिगत नेताहरुको दर्शन संपर्कबाट दिक्षित हुने मौका मिल्यो । अनि आफू पनि दरो रुपमा परिवर्तनकारी बन्ने कसम खाइयो । नेताले देखाएको सपन्न र संबृध्द्ब देश देख्ने सपना छायो । समयक्रममा २०४६ सालमा पंन्चायत विरुद्ध सकेको बल प्रयोग गरि मैदानमा उत्तत्रीयो । ४८/४९ का चुनाव बाट केही अपेक्षा गरे पनि सत्तामा गएका नेतामा बिस्तारै आफ्न्त मोह धन मोह मशल मोह कमिसन मोह बढ्दै गयो । २०५१ मा काङ्ग्रेसलाइ बहुमत पचेन देश मध्याबधी चुनावमा गयो । ५१ को चुनावले कसैलाई बहुमत दिएन ह्याङ्ग पार्लियामेन्टको देख्न संमको बेथिति हामीले देख्न पर्यो । सत्तामा बस्नेको चाला घृणित राजनीतिमा सासद खरिद बिक्री ६/६ महिनामा सरकार परिवर्तन जस्ता कारण जनतमा निकै निरासा छाउदै गयो । उता यिनै बिकृतिका बिच बिद्रोहमा लागेको माओबादिमा जनता बिस्तारै संगठित सहयोगी बन्दै गए । आपसमा काटामार सत्ता लुक्षाचुडिमा लागेका दलहरुलाइ तत्कालीन अबस्थामा राजा ज्ञानेन्द्रको कदमले एकठाउमा उभिन बाध्य बनायो । बिद्रोहमा लागेको माओबादी सुरक्षित अवतरण खोज्दै थियो । यता राजाबाट हटाइएका काङ्ग्रेस एमाले लगायतका दलहरु जनआन्दोलनको माध्यमबाट राजालाइ हटाउने उपायको खोजिमा थिए । त्यही अबस्थामा तत्कालीन दल र बिद्रोही दुबै पक्ष मिलेर ६२/६३ को जन आन्दोलनको भुमरीबाट राजालाइ सडकमा आफुहरु सत्तमा जान सफल भए दलहरु । तत्कालीन अबस्थामा विघटन भएको प्रतिनिधि सभा बुउझाएर अन्तरिम संसद अन्तरिम संबिधान जारी गर्दै एउटा आशा लाग्ने अबस्थामा दलहरु अगाडि बढे । संबिधान सभाको चुनाव पछि परिवर्तनको आबाज दिएको कारण नेपाली जनताले तत्कालीन माओबादिलाइ ठुलो दल बनाइ दिए । संबिधान बनाउने मुख्य जिम्मेवारी बिच आपसी मतभेद सत्ताखिचातानी विभिन्न कान्डका बिच पहिलो संविधान सभाको कार्यकाल संमाप्त भयो । दोस्रो संबिधान सभाको चुनावबाट नेपाली जनताले आफ्नो मताधिकारबाट दलको साइज परिवर्तन गरि दिए । पुन ह्याङ्ग प्यार्लियामेन्टको अबस्थामा देश गयो तथापि दोस्रो संविधान सभाको चुनाव पछि संबिधान जारी भयो । देशले यैटा गति लिने बिश्वास जनताले गरे । नयाँ संविधान पछि ताजा जनादेशका लागि ७४ सालमा संघिय र प्रदेश सासदको चुनावमा बामपंथीहरु मिलेर चुनावमा जादा अत्यन्तै सहज बहुमतको जनमत पाए । यो जनमत पछि नेकपाको एकलौटी सरकार बन्यो । जनतमा निकै आश लाग्दो अबस्था पलाएको थियो । लामो समय पछि स्थिर सरकार जनताका जनजिबिकाका सबालको समाधान देशले उन्नति र संबृध्दिको बाटो समत्ने आशा जनताले गरेका थिए । नेपालमा भएको स्थिरताका बिचमा बामपंथीहरु सत्तामा रहेको कारण पनि साउथ ओइस्ट बल्कले नेपालमा आफु अनुकुल सरकार बनाउने र त्यसका लागि अन्तरबिरोध तयार गर्ने खेल सुरु गर्यो । यो बिचमा देशमा निकै बाह्य कुटनैतिकहरुको आउजाउ, भित्री भेटधट तिब्र भएको बेलाबखत समाचार आएकै हुन । ठुला ठुला सबालमा एक भएर हिड्ने दलहरु, आपसमा भएमा तिक्तता छ्लफलबाट हल गर्दै आएका दलहरू, एउटै पार्टी बनाएर यौटा रोडम्यापमा हिड्न कसम खाएका नेकपाका नेताहरूमा आएको यो बिचलन हेर्दा यतिबेला घरेलु र आपसी बिबाद कै कारण हो जस्तो लाग्न सक्छ । तर यहाँ यो विघटन न नेताले चाहेर भएको हो न कार्यकर्ताले चाहेर । कोइ पनि यतिबेला फुटको पक्षमा छैन न कार्यकर्ताले फुट चाहेका छन न नेताले तर पनि यसरी कोइको चाहाना नहुदा हुँदै पनि देशमा नेकपा नामको पार्टी फुट्नै लागेको अबस्थामा देखिएको छ । संभबत अब केही दिनमा पार्टी टुकृएमा कुनै नौलो मान्नु पर्ने देखिदैन । हेर्दा आपसी बिबाद प्रचण्ड माधब ओलि बिचका बिबाद सत्ताका खिचातानि भागबन्डाका कुराको विवादबाट पार्टी फुटको नजिक पुगेको जस्तो देखिए पनि यो कदापि होइन भन्ने मेरो बुझाइ छ । उति बेला नै नेकपालाई मिल्न नदिने एक अदृश्य शक्ति उतिबेला हार खायो । तो अदृश्य शक्ति बिस्तारै बिस्तारै पार्टी भित्र प्रवेश गर्दै अन्तर बिरोध शृजना गर्दै एक आपसमा मतभेदको लेबल बढाउदै गयो । तेहि शक्तिले उता सडकमा सरकार विरुद्ध जनता कति छ्न भनेर मापन गर्न राजाबादिलाइ सडकमा आउन उस्कायो । विभिन्न माध्यमबाट जनतस्तरमा सरकार प्रतिको असन्तुष्टि मापन गर्ने काम गरियो । हुन पनि यतिबेला जनस्तरमा तिन तहका सरकार प्रती निकै असन्तुष्टि बढ्दै गएको थियो । खालि दोष कोले कोलाइ दिने भन्ने मात्र अबस्थाको खोजी भएको थियो । पार्टी फुटाएको आरोप कोलाइ दिने मात्र भन्ने थियो । अब यो आरोप कसरी को माथी लाग्ने हो इतिहासले निर्णय गर्नेछ । लामो समय पछि जनमत प्राप्त स्थिर सरकार छ । देशले यौटा नयाँ मोड लिनेछ । देश बिकास र संबृध्दीको गतिमा आगाडी बढ्नेछ भन्ने मेरो हिजो देखि देखेको सपना चकनाचुर भएको छ।