चक्लाबन्दी तर्फ आक्रर्षत, किसान मोवाईल खेती सुरु
बर्दिया राजापुर माघ १३
आधुनिक संचारको विकास सगसगै मोवाईल प्रबिधीबाट राजापुरमा खेती सुरु गरिएको छ । राजापुर नगरपालिका वडा नं ४को शान्तीपुरमा रहेको शान्तीपुर बहुउद्देश्य कृषक समूहले चक्लाबन्दी खेती र मोवाईल खेती सुरु गरेको हो ।
समूहका व्यवस्थापक निरासा सुवेदीले अब राजापुर क्षेत्र भन्दा बाहीर रहनु भएको , कर्मचारी व्यावपारी जो खेत छ तर खेती गर्न सकिरहनु भएका छैन वहाँहरुले मोवाइृल फोनबाट जग्गा खेती गर्न दिएपछि समूहले सबै खर्च गरी आएको जम्मा रकमबाट जग्गाधनीलाई ४० प्रतिशत र समुहले ६० प्रतिशत राखी खेती गरी दिने खेती गर्दा लाग्ने लाग्त त्यही ६० प्रतिशत भित्र राख्ने व्यवस्था मिलाएको बताउनु भयो ।
समुहका सचिब बुद्धिरत्न चालिसेले २०७५ साल भाद्र १ गते देखी सुरु भएको शान्तीपुर बहुउद्देश्य कृषक समूहले नेपाललाई कृर्षिबाट मात्र क्रान्ती गर्न सकिन्छ भन्ने उद्देश्यले सामुहिक खेती ,चक्लाबन्दी खेती र आधुनिकीकरण खेती सुरु गरेको भएपनि नेपाल सरकारबाट आफुहरुले पाउनु पर्ने सुविधाहरु नपाएको बताउनु भयो । शान्तीपुर बहुउद्देश्य कृषक समूहमा हाल ३५ जना सक्रिय सदस्यहरुरहेकोमा नपालसरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोनबाट कस्टम हायरिङ्ग सेन्टर स्थापनाको लागि २० लाख र विउ टंडेलमा अनुदान र यस बर्ष प्रदेशसरकारको करार खेतीको लागि ७ हेक्टर मध्ये ५.६ हेक्टरको मात्र करार खेती सम्झौता पाएको , आफुहरुले हाल सम्म ४० हेक्टर जग्गामा खेती सुरु गरेको र आगामी दिनमा १०० हेक्टर पुराउने लक्ष्य लिएको बताउनु भयो ।
रसायनिक मलका कारण मानव जिवनमा असर पुग्ने भएकोले अब कम्पोस मल उत्पादन गर्ने सोच लिएको भएपनि कहीकतैबाट सहयोग नपाएकोले बाध्ये भएर यस पटक हामीले अ्रगाणीक मल प्रयोग १५ बिग्गामा तोरी उत्पादन गरेको सचिब चालिसे बताउदै स्थानिय तह, नेपाल सरकारले सहयोग गरेमा कम्पोसमल उत्पादन गर्ने बताउनु भयो । वहाँले दुखेसो पोख्दै कागतमा लेख्ने व्यवहारमा लागु नहुनेत्यस्तालाई नै ऋण पाउने तर हामी कृषक समुहलाई ध्यान नदिने गरेको ३ पटकको प्रोपोजल पछि बल्ल यस पटक प्रदेशसरकारबाट ५.६ हेक्टरको करार खेतीको लागि सम्झैता भएको र अन्य जग्गाको रकम कुरा अनुसारको काम नभएको बताउनु भयो । हामीलाई नेपाल सरकारले सहयोग गरेमा रसायनिकलाई निरुसाहीत गदै कम्पोस मल र आग्रनीक मलबाट खेती गरी राम्रो उत्पादन गर्ने सचिब चालिसेले बताउनु भयो ।