Loading... आजः शनिबार , श्रावण १२, २०८१

चाइना मिडिया ग्रुपको सांगितिक गालाका साथ नेपाली साथीहरू सप्ताहान्तको खुसीयालीमा


जनवरी २५ तारिख चिनियाँ पात्रो अनुसार सन् २०२० अर्थात् मुसा वर्षको पहिलो दिन हो। त्यो दिन नेपालका लागि सार्वजनिक बिदा अर्थात् शनिबारको बिदा पनि हो। “यस हप्ता” शीर्षकको प्रत्यक्ष प्रसारण समाचार नेपाली राष्ट्रिय टेलिभिजन अर्थात् एनटीभीको सप्ताहान्तको नामी कार्यक्रम हो। गत २५ तारिखको यसै कार्यक्रममा चिनियाँ मुसा वर्षको वसन्त चाडको सांगितिक गालाको एल्बम प्रसारण गरिएको छ। त्यस क्रममा नेपालका लागि चाइना मिडिया ग्रुपका सम्वाददाताले आमन्त्रित भई प्रत्यक्ष प्रसारणरत कार्यालयमा पुगेर नेपाली भाषामा नेपाली साथीहरूलाई चिनियाँ वसन्त चाडको सांगितिक गालाबारे जानकारी दिनुभएको छ।

उक्त प्रत्यक्ष प्रसारण कार्यक्रममा चाइना मिडिया ग्रुपका सम्वाददाताले नेपाली भाषामा वसन्त चाडको सांगितिक गालाको विशेषता, गालामा सहभागी प्रसिद्ध अभिनेता-अभिनेत्रीहरू र भाषा प्रकारका कार्यक्रमको मुख्य विषयबारे जानकारी दिनुका साथै वसन्त चाडको सांगितिक गालाका विविध चित्र बमोजिम चिनियाँ जनताले परम्परागत वसन्त चाड मनाउने रीतिरिवाजबारे पनि अवगत गराउनुभएको छ।

Insert your Ads code here

चिनियाँ पूँजीमा सञ्चालित नेपाली व्यवसायका कर्मचारी उद्धव खड्काले ठीक समयमै टेलिभिजन अगाडि बसेर खुसीसाथ सो सांगितिक गालाको अवलोकन गर्नुभयो। “मैले चिनियाँ साथीहरूसँगै काम गरेको ५ वर्ष भइसकेको छ”। उहाँले भन्नुभयो: यहाँको टेलिभिजनमै चिनियाँ वसन्त चाडको सांगितिक गाला हेरेकोमा मलाई साह्रै अचम्म र खुसी लागेको छ!

२५ तारिख नेपाली तामाङ जातिको नयाँ वर्षको पहिलो दिन पनि हो। ७ वर्षिय तामाङ केटा अमृत तामाङले टेलिभिजनमार्फत वसन्त चाडको सांगितिक गालाको प्रत्यक्ष प्रसारण हेरे। तैपनि त्यसपछि उनले मोबाइल एप्लिकेसनमार्फत पटक पटक गरी वसन्त चाडको सांगितिक गालाको एल्बमको पनि अवलोकन गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!