Loading... आजः शनिबार , श्रावण १२, २०८१

चाइल्ड आर्टिस्ट अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी…’ सार्वजनिक


# गीता अधिकारी

टिकटकमा भाइरल चाइल्ड आर्टिस्ट अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी…’ सार्वजनिक भएको छ।

Insert your Ads code here

गीतमा राजन कार्की र मिना तिवारीको स्वर रहेको छ। राजन र मिनाकाे शब्द, राजनको सङ्गीत, सङ्गीत–संयोजन र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

पछिल्लो समय आएका तीज गीत भन्दा फरक गीतमा पछिल्लो समय टिकटकमा अत्याधिक रुचाइएकी अकेशा निकै आकर्षक देखिएकी छन्। उनी हेर्दा विदेशी जस्ती देखिन्छिन जसकारण आकर्षणको विन्दु बनेकी छिन्।

अकेशा क्युट देखिएकी छन् भने अभिनय पनि त्यतिकै राम्रो रहेको छ। गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ।

सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफ रहेको गीतको भिडियोमा अकेशा पोखरेल, रोविन पोखरेल र स्मृती वस्नेतको अभिनय तथा नृत्य रहेको छ।

मुकेश हुमागाईंको छायाँकन रहेको गीतको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन्। गीतको भिडियो अकेशा पोखरेलको युट्युव मार्फत सार्वजनिक गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!